उद्योगीहरु भन्छन्– मौद्रिक नीति अपेक्षाकृत, प्रभावकारी कार्यान्वयनमा जोड « Khabarhub

उद्योगीहरु भन्छन्– मौद्रिक नीति अपेक्षाकृत, प्रभावकारी कार्यान्वयनमा जोड


८ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उद्योगी–व्यवसायीहरुले नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीतिलाई थप अध्ययन गरेर मात्रै प्रतिक्रिया दिने बताएका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले मौद्रिक नीति सार्वजनिक भएलगत्तै संचारकर्मीमाझ थप अध्ययन गरेर मात्रै प्रतिक्रिया दिने बताएकी हुन् ।  उनले तरलता व्यवस्थापन, ब्याजदरलगायतका विषयमा मौद्रिक नीति उत्साहजनक रुपमा आएपनि सेवा शुल्कको सम्बन्धमा भने आफूहरुको माग सम्बोधन हुन नसकेको पनि स्पष्ट पारिन् ।

नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष कमलेशकुमार अग्रवालले चालू आर्थिक वर्ष भित्र साँढे ८ प्रतिशत आर्थिक वृद्धि गर्ने सरकारको लक्ष्य हासिल गर्ने चुनौती सामना गर्ने गरी सो मौद्रिक नीति आएकाले त्यसमा आलोचना गरिहाल्न नमिल्ने प्रतिक्रिया दिए । उनले सो मौद्रिक नीति प्रभावकारी ढंगले कार्यान्वयन नभए समस्या हुने दाबी गरे ।

यता, नेपाल बैंकर्स संघले भने नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीति अपेक्षा अनुसारनै आएको प्रतिक्रिया दिएको छ । संघका अध्यक्ष ज्ञानेन्द्रप्रसाद ढुंगानाले मौद्रिक नीति अपेक्षा अनुसार नै आएको प्रतिक्रिया दिएका छन् ।

उनले बैंक मर्जर, तरलताको व्यवस्थापन र व्याजदर सम्बन्धी व्यवस्था आफूहरुले दिएको सुझाव अनुसारनै मौद्रिक नीतिमा समावेश गरिएकाले यसको कार्यान्वयनमा लागिपर्ने प्रतिवद्धता पनि व्यक्त गरे । अध्यक्ष ढुंगानाले मौद्रिक नीतिमा व्याजदरमा राखिएको प्रावधानले आर्थिक वृद्धिका लागि ठोस आधार प्रदान गर्ने विश्वास पनि व्यक्त गरे ।

प्रकाशित मिति : ८ श्रावण २०७६, बुधबार  ७ : ०१ बजे

उद्धव थापालाई पदमुक्त गर्न राप्रपाको पत्र, कारबाही अघि बढाउन उपसभामुखको आनाकानी

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभा सदस्य तथा

एमालेले रोपिदिएको कलहको बिउले राप्रपामा भाँडभैलो, बागमतीमा दुईतिर बाँडिए प्रदेश सभा सदस्य

काठमाडौं- बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले सोमबार प्रदेशसभाबाट

प्रधान सेनापतिद्वारा दर्ज्यानी चिह्न प्रदान

काठमाडौं– प्रधान सेनापति अशोकराज सिग्देलले नेपाली सेनाको उपरथीमा पदोन्नति भएका

परराष्ट्रमन्त्री खनाल सर्बिया जाने

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनाल भदौ १४ गते तीन सदस्यीय नेपाली प्रतिनिधिमण्डलको

पशुपतिनाथमा ३२५ भक्तजनले गरे रसिद काटी विशेष पूजा

काठमाडौं– पशुपतीनाथ मन्दिरमा आज विशेष पूजा सम्पन्न भएको छ । पशुपतिनाथ