आयातित खाद्यान्नको विषादी परीक्षण गर्न पाउनुपर्ने विज्ञहरुको सुझाव « Khabarhub

आयातित खाद्यान्नको विषादी परीक्षण गर्न पाउनुपर्ने विज्ञहरुको सुझाव


८ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विज्ञहरुले आयातित खाद्यान्नको विषादी परीक्षणलाई विश्वसनीय बनाउन सरकारको ध्यानाकर्षण गराएका छन् ।

रसायन शास्त्री निरञ्जन पराजुली र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका पूर्व महानिर्देशक टिकाबहादुर कार्कीले आयातित खाद्यान्नको विषादी परिक्षणबारे सर्वसाधारणलाई विश्वास गर्न लायक बनाउन सरकारसँग आग्रह गरे ।

बुधबार काठमाडौं आयोजित एक कार्यक्रममा बोल्दै रसायन शास्त्री पराजुलीले खाद्य प्रयोगशालाको उचित व्यवस्था गरेर आयातित खाद्य बस्तु विषादीरहित रहेको विश्वास सर्वसाधारणलाई गराउन पनि सरकारको गम्भिर ध्यानाकर्षण गराए ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका पूर्व महानिर्देशक कार्कीले पनि आयातित खाद्य बस्तुको विषादी परीक्षणका लागि आवश्यक क्षमताको विकास तत्काल गर्न सरकारलाई सुझाव दिए ।

उनले विश्व व्यापार संगठनको सदस्य भएको नाताले नेपालले भारतबाट आएको खाद्य बस्तुको आन्तरिक रुपमा पनि विषादी परीक्षण गर्न पाउने स्पष्ट पारेका थिए ।

कार्कीले नेपालबाट भारतमा निर्यात भएका अलैची लगायतका बस्तुहरुको विषादी पुनः परिक्षण हुने भएकाले नेपालले पनि भारतबाट आयातित बस्तुहरुको परीक्षण गर्न सक्ने स्मरण समेत गराए ।

प्रकाशित मिति : ८ श्रावण २०७६, बुधबार  ८ : ०२ बजे

रौतहटका सामुदायिक वनका उपभोक्तालाई आगो निभाउने सामग्री 

चन्द्रपुर– रौतहटका सामुदायिक वन उपभोक्ता समूहहरूलाई एक संस्थाले आगो निभाउनमा उपयोग

प्रधानमन्त्रीले भनिन् : दल र जेन-जी दुवैको आलोचना सहन्छौँ, तर हामी कसैको अचानो होइनौँ

काठमाडौं- अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले सबै राजनीतिक दलहरू चुनावको

पर्यटकीय गन्तव्य बन्दै ‘राइनासकोट’

सुन्दरबजार– पूर्वी लमजुङको राइनासस्थित ऐतिहासिक तथा प्राकृतिक धरोहर राइनासकोट पछिल्लो समय

सिङ्गो मुसहर बस्ती लालपुर्जाविहीन

जलेश्वर– यहाँको मटिहानी नगरपालिका–४ स्थित सिङ्गो मझौरा गाउँले परिचित मुसहरबस्ती