आपत्कालीन जनस्वास्थ्यको पूर्व तयारी | Khabarhub Khabarhub

आपत्कालीन जनस्वास्थ्यको पूर्व तयारी


२१ आश्विन २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले आपतकालीन जनस्वास्थ्यको पूर्व तयारीका लागि सरोकारवाला निकायबीचको समन्वय र सहकार्यलाई प्रभावकारी बनाइनुपर्ने बताएका छन् । 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज यहाँ आयोजना गरेको आपतकालीन जनस्वास्थ्यको पूर्व तयारीका सम्बन्धमा क्षमता विकास अभिवृद्धि गोष्ठीमा उनले आपत्कालीन जनस्वास्थ्य तथा प्राकृतिक विपत्तिका घटनामा सबै सरोकारवाला निकायहरूबीच एकीकृत शक्तिलाई बलियो बनाएर लैजानुपर्ने खाँचो औँल्याए।

‘हाम्रो भौगोलिक विकटताका कारण कुनैपनि आपत् परेका बेला सहज रुपमा सम्बन्धित ठाउँमा पुग्नका लागि सडक र हवाई मार्गको सहज पहुँच तथा सामथ्र्य नभएकाले यो क्षेत्रमा वृहत् रुपमा अध्ययन गरेर कार्ययोजनाका साथ अघि बढ्नुपर्छ’, मन्त्री बस्नेतले भने । 

विपद्को पूर्व तयारीका कार्यक्रमहरू योजनामा मात्रै सीमित हुने गरेका भन्दै मन्त्री बस्नेतले व्यवहारिक कार्यान्वयनका लागि सरकारले आवश्यक स्रोतसाधनको व्यवस्था गर्नुपर्नेमा जोड दिए। ‘पूर्व तयारीको कार्ययोजना बन्छ तर, व्यवहारमा लागू हुँदैन । अर्कोतर्फ भौगोलिक अवस्था, स्रोत र साधनको कमीका कारण पनि प्रभावकारी बन्न सकेको छैन’, उनले भने।

मन्त्री बस्नेतले सीमित स्रोतसाधनका बाबजुद पनि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, रेडक्रस सोसाइटी र विकास साझेदार निकायले प्रभावकारी रुपमा समन्वय गरी समझदारीका साथ काम गरेको भन्दै आगामी दिनमा पनि सकारात्मक उपलब्धि हासिल गर्न सकिने विश्वास व्यक्त गरे । कोभिड–१९ महामारीको समयमा स्वास्थ्यकर्मीले गरेको काम उदाहरणीय रहेको भन्दै उनले विपद् व्यवस्थापनमा स्रोतसाधन, गुणस्तरीय प्रविधि र जनशक्तिको उचित व्यवस्थापन गरेर काम अगाडि बढाउन सकिने धारणा राखे । 

भूकम्प, कोभिड, विपद्जन्य घटनालगायतमा आफू सामाजिक अभियानको रुपमा सक्रिय भएको स्मरण गर्दै स्वास्थ्यमन्त्री बस्नेतले विपद्लाई परिवर्तनको अवसरका रुपमा लिएर सरकार, सरोकारवाला निकाय र विकास साझेदार संस्थाको समन्वय तथा सहकार्यलाई फराकिलो बनाइनुपर्नेमा जोड दिए । 

जनस्वास्थ्य, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको समन्वयमा भएको दुई दिने गोष्ठीमा महामारी, सङ्क्रमणजन्य रोग नियन्त्रण, आपतकालीन जनस्वास्थ्यको प्रभावकारिता तथा अन्तर निकायबीचको समन्वय र सहकार्यबारे आगामी रणनीति तयार गरिने जनाइएको छ ।

प्रकाशित मिति : २१ आश्विन २०८०, आइतबार  ३ : ११ बजे

प्रधानमन्त्रीसमक्ष सहकारीसम्बन्धी अध्यादेशमा सुझाव हस्तान्तरण

काठमाडौं– सत्तारुढ नेकपा (एमाले)ले प्रधनमन्त्री केपी शर्मा ओलीलाई सहकारीसम्बन्धी केही

झापामा ६६ जना नयाँ कुष्ठरोगी भेटिए

बनियानी – झापामा ६ बालबालिकासहित ६६ जना कुष्ठरोगीका नयाँ बिरामी

टाइगर कप भलिबल : टाइगर ग्रुप पोखरा फाइनलमा

कास्की – आयोजक टोली टाइगर ग्रुप पोखरा यहाँ जारी टाइगर

नेपालले दियो थाइल्याण्डलाई १०२ रनको लक्ष्य

काठमाडौं – त्रिकोणात्मक अन्तर्राष्ट्रिय महिला टी–ट्वान्टी सिरिजअन्तर्गत नेपालले दोस्रो खेलमा

सामुदायिक खानेपानीमा लाग्दै आएको कर खारेज गछौँ ः मन्त्री यादव

काठमाडौं– खानेपानीमन्त्री प्रदीप यादवले ‘जनताको पानी, सरकारको लगानी’ अवधारणाअन्तर्गत सामुदायिक