सरकार तस्करबाट कमिसन तल्लिन बनेको ओलीको आरोप | Khabarhub Khabarhub

सरकार तस्करबाट कमिसन तल्लिन बनेको ओलीको आरोप


२१ आश्विन २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

धनगढी– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकार तस्करबाट कमिसन खान तल्लीन भएको आरोप लगाएका छन् । ९ केजी सुनलाई दुई किलो देखाएको भन्दै उनले बाँकी ७ किलोमा सरकारले कमिसन खाएर छाडेको आरोप लगाए ।

सरकार तस्करलाई संरक्षण दिएर कमिसन खान तल्लिन रहेको र बाहिर भ्रष्ट्राचार अन्त्य गछौँ भन्दै जनताको आँखामा छारो हाल्ने गरेको उनको भनाई छ । उनले एक क्विन्टल सुन ६० किलो हुनुमा पनि सरकारको मिलोमतो रहेको बताए ।

सरकारले भ्रष्टाचारी र तस्करी गराएको आरोप लगाए । त्यही कारण एक क्विन्टल सुन प्रकरणमा छानविन समिति बनाऔँ भन्दा सरकारले एक महिना लगाएको बताए । ललिता निवास काण्डमा जमिन कब्जा गर्नेलाई नभई किन्नेलाई कारवाही गरेको भन्दै उनले ललिता निवास प्रकरणलाई नै कृत्य गर्न खोजिएको आरोप लगाए । 

जनता आर्थिक मन्दीको मार खेपीरहेको बेला प्रधानमन्त्री तीर्थ भ्रमण गर्न तल्लीन रहेको ओलीको आरोप छ । 

प्रकाशित मिति : २१ आश्विन २०८०, आइतबार  ५ : ३८ बजे

आज २०८१ साल भदौ २३ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८१ साल भदौ २३ गते आइतबार तदनुसार

कैलालीका थारू बस्तीमा अटवारी पर्वको चहलपहल

कैलाली – कैलालीका थारू समुदाय बाहुल्य गाउँ तथा बस्तीमा अटवारी

सन् २०२९ सम्म भारतीय डिजिटल कारोबारको बजार तीन गुणा वृद्धि हुने

काठमाडौं – आर्थिक वर्ष सन् २०२३–२४ मा भारतीय डिजिटल भुक्तानीको

गाजामा कुपोषणका कारण मृत्यु हुनेको सङ्ख्या ३७ पुग्यो

गाजा – गाजापट्टीको दक्षिणी क्षेत्र खान युनिसमा शनिबार दिउँसो एक

बागलुङ कालिकामा चलचित्र ‘वसन्त’को शुभमूर्हत

गण्डकी – गलबन्दी प्रडक्सनको ब्यानरमा बन्न लागेको चलचित्र ‘वसन्त’को शनिबार