भ्रष्टाचारविरुद्ध सरकारको अभियान प्रभावकारी हुन सकेन : झलनाथ खनाल « Khabarhub

भ्रष्टाचारविरुद्ध सरकारको अभियान प्रभावकारी हुन सकेन : झलनाथ खनाल


२१ आश्विन २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले भ्रष्टाचारबिरुद्ध सरकारले अघि सारेको अभियान प्रभावकारी हुन नसकेको आरोप लगाएका छन् ।

पार्टीको समाजवादी जागरण अभियान अन्तरगत आइतबार बुटवलमा आयोजित कार्यक्रममा बोल्दै नेता खनालले सुशासन र भ्रष्टाचारबिरुद्ध सरकारले अभियान सुरु गरेपछि बिभिन्न प्रकरणहरु बिचैमा तुहिएकाले सरकारको अभियान प्रभावकारी हुन नसकेको बताएका हुन् ।

उनले सुन तस्करी प्रकरणमा पनि मुख्य मान्छे नभई भरियामात्रै समातिएको जिकिर गरे । समाजमा दलाल पूँजीवाद हावी भएका कारण चाहेर पनि मुलुकबाट भ्रष्टचार अन्त्य हुन नसक्ने उनको भनाइ छ ।

खनालले अर्धसामान्ती व्यवस्था र अहिलेको पूँजिवादी व्यवस्था शोषण मूलक व्यवस्था रहेकाले समाजविना देशलाई निकास दिन नसक्ने बताए । उनले देशमा रोजगार नहुदाँ युवाशक्तिहरु विदेशी भूमिमा पलायन हुनु परेको बताउदै देशमा नै रोजगारीको सिर्जना गर्नुपर्ने अहिलेको आवश्यकता रहेको उल्लेख गरे ।

खनालले मुलुकमा रोजगारी बृद्धि, सुशासन, शिक्षा, स्वास्थ्य, कृषिलाई प्राथमिकीकरण लगायतलाई केन्द्रमा राखेर पार्टीले समाजवादी जागरण अभियान चलाइरहेको बताउँदै अभियानले मुलुकलाई निकास दिने दाबी गरे ।

प्रकाशित मिति : २१ आश्विन २०८०, आइतबार  ८ : ३५ बजे

वाग्मती सफाइ महाअभियान ७०० औँ हप्तामा

काठमाडौं– चौध वर्षअघिदेखि सुरु भएको वाग्मती सफाइ महाअभियान ७००औँ हप्तामा

भौतिकसँगै संरचनागत विकासले फेरिँदै च्याङ्ग्रे क्षेत्र

भोजपुर– भौतिक तथा पर्यटकीय संरचना निर्माणले भोजपुरको च्याङ्ग्रे पोखरी र

नागरिकको विश्वास जित्नेगरी पार्टीलाई रूपान्तरण गर्ने सभापति थापाको प्रतिबद्धता

काठमाडौं- नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले नागरिकको विश्वास जित्नेगरी

भारतमा दर्जनौँ विपक्षी नेता, सयौँ प्रदर्शनकारी पक्राउ

काठमाडौं- भारतमा दर्जनौँ विपक्षी नेताहरु पक्राउ परेका छन् । प्रमुख

सरकारलाई काम गर्ने अवसर दिनुपर्छ : अध्यक्ष घिसिङ

नारायणगढ – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले सकारात्मक समन्वयका