निःशुल्क वाइफाई सेवा शुरु « Khabarhub

निःशुल्क वाइफाई सेवा शुरु


८ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर– विराटनगर महानगरपालिकाले बुधबारदेखि नगर क्षेत्रका १४ स्थानमा निःशुल्क वाईफाई सेवा सञ्चालन गरेको छ ।

वर्ल्ड लिङ्क प्रालि र महानगरपालिकाबीचको सम्झौतामा सो सेवा सञ्चालन गरिएको हो । पहिलो चरणमा कञ्चनबारी, पुष्पलाल चोक, खारजी, ठूलोमिल चोक, प्रादेशिक अस्पताल(कोशी), मालपोत कार्यालय, जिल्ला प्रहरी कार्यालय, विद्युत् प्राधिकरण(भृकुटी चोक), विराटनगर विमानस्थल, बसपार्क, जिल्ला प्रशासन कार्यालय मोरङ, बरगाछी, हनुमान मन्दिर(मेनरोड) र ट्राफिक चोकमा वाइफाई सेवा शुरु गरिएको छ ।

जडान गरिएका वाइफाईले प्रत्येक स्थानमा ५० देखि एक सय मिटर क्षेत्रमा एकसाथ २५० देखि ३५० जनाले तीन एमबिपिएस सेवा उपभोग गर्न पाउने छन् । सो सेवा पाँच वर्षका लागि लिङ्कले निःशुल्क उपलव्ध गराएको हो । नगरप्रमुख भीम पराजुलीले कञ्चनबारीमा सेवा सञ्चालन शुभारम्भ गर्दै निःशुल्क वाइफाईले युवालाई महानगरपालिकासँग जोड्न खोजेको बताए ।

उनले नगर क्षेत्रमा निःशुल्क वाइफाईसेवा उपलव्ध गराउने नीति र कार्यक्रमअनुसार साउन महीनाभित्रमा ३२ स्थानमा सेवा सञ्चालन गर्ने योजनाअनुरुप आजदेखि कार्यशुरु गरेको जानकारी दिनुभयो । प्रमुख पराजुलीले यसपछि आगामी कात्तिक महीनाभित्रमा नगरका प्रमुख चोकमा थप ५० स्थानमा वाइफाई जडान गर्ने योजना रहेको बताए ।

सहयोगी संस्था वल्र्डलिङ्कका विराटनगर सहायक प्रबन्धक प्रेमप्रसाद घिमिरेले सामाजिक उत्तरदायित्व बहन गर्ने उद्देश्यले निःशुल्क सहयोग गरेको धारणा राखे ।

प्रकाशित मिति : ८ श्रावण २०७६, बुधबार  ८ : २७ बजे

शेखरकहाँ टिकट माग्‍नेको भिड, अहिलेसम्म भएको छैन गगनसँग संवाद

काठमाडौं- मंगलबार मनोयन गर्नुपर्ने समय आइसक्दा पनि नेपाली कांग्रेसभित्रको अन्योल

असहमति भए पनि पार्टी निर्वाचनमा पूर्ण रूपमा सहभागी भइसक्यो : अध्यक्ष लिङ्देन

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले निर्वाचन प्रणालीका बारेमा

हङकङमा नरजित राईको ‘विभक्त आकाश’ लोकार्पण

हङकङ – हङकङेली नेपाली साहित्यकार नरजित राईको सातौँ साहित्यिक कृति

विकास देखिने गरी हुनुपर्छ : मन्त्री भण्डारी

अत्तरिया– श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले विकास देखिने

महानगरमा बालेनका चार वर्ष : दलीय जनप्रतिनिधि समेत निर्दलीय मेयरका फ्यान !

काठमाडौं– ०७९ वैशाखमा भएको स्थानीय निर्वाचनबाट काठमाडौं महानगरको प्रमुखमा निर्वाचित