लाओसको ऋण संकट अझ गहिरिँदै « Khabarhub

लाओसको ऋण संकट अझ गहिरिँदै


२१ आश्विन २०८०, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

भिएन्टिएन- दक्षिणपूर्वी एसियाली मुलुक लाओसको राजधानी भिएन्टिएनस्थित प्रख्यात पाटुसाई स्मारक नजिकै ‘चाइना एड’ को बोर्ड राखिएको छ । फ्रान्सबाट स्वतन्त्रता प्राप्त गर्न युद्धमा लडेका सेनानीहरुका लागि समर्पित यस स्मारकनजिकै यस किसिमको बोर्ड राखिएकोमा यस मुलुकका धेरै मानिसहरु असन्तुष्ट छन् । त्यहीँ ‘समान भविष्यका लागि’ भन्ने सन्देश पनि लेखिएको छ । आर्थिक संकटबाट गुज्रिरहेको लाओसमा यस बोर्डले धेरैको ध्यान तानेको छ ।

अन्तर्राष्ट्रिय मुद्रा कोष आईएमएफको सन् २०२३ को तथ्यांकअनुसार लाओसले आफ्नो कूल ग्राहस्थ उत्पादनको १२३ प्रतिशत धेरै ऋण लिएको छ । यसमध्ये लाओसले आधाभन्दा धेरै ऋण त चीनसँग लिएको छ । लाओसमा भौतिक पूर्वाधारका परियोजनाको विकास गर्न भन्दै चीनले यति ठूलो ऋण प्रदान गरेको हो ।

यद्यपि यस प्रकारको ऋणमा कुनै पारदर्शीता भने छैन । अस्ट्रेलियाको सिड्नीमा रहेको लोवी इन्स्टिच्युटमा हिन्द प्रशान्त विकास केन्द्रकी वरिष्ठ अर्थशास्त्री मारिजा कुरे लाओसको ऋणमा अपारदर्शीता ‘यसअघि कहिल्यै नदेखिएको स्तरमा रहेको बताउँछिन् । उनका अनुसार लाओसमा ऋणको संकट विश्वले थाहा पाएभन्दा भयानक छ । अपारदर्शीता र सूचना एवम् तथ्यांक सार्वजनिक नहुनु यसको सबैभन्दा ठूलो कारण रहेको उनको भनाइ छ ।

लाओसमा चिनियाँ ऋणमा रेलमार्गको निर्माण गरिएको छ । ५ अर्ब ९० करोड लगानीमा निर्मित यस रेलमार्गले दक्षिणी चीनको कुन्मिङ सहरलाई लाओसको राजधानी भिएन्टिएनसँग जोड्दछ ।

दक्षिणपूर्वी एसियालाई रेलमार्गबाट जोड्ने चीनको महत्वकांक्षी परियोजनाको एक हिस्साको रुपमा यस रेलमार्गलाई लिइन्छ । सन् २०२१ को डिसेम्बर महिनामा सञ्चालनमा आएको यस रेलमार्गमा चीनको सरकार नियन्त्रित कम्पनीको ७० प्रतिशत र लाओस सरकारको बाँकी ३० प्रतिशत हिस्सेदारी छ ।

विद्युत निर्यात गर्ने उद्देश्यका साथ लाओसले मिकङ नदीमा बाँध निर्माणका लागि पनि चीनसँग ऋण लिएको छ । तर, ऋण संकट गहिरिँदै गएपछि सन् २०२१ मा लाओसले इलेक्टिसिते दु लाओस ट्रान्सिमिसन नामक कम्पनीलाई २५ वर्षसम्मका लागि अनुदानमा विद्युत सेवा सञ्चालनको अनुमति दियो । यस कम्पनीको बहुसङ्ख्यक सेयर चिनियाँ स्वामित्वमा रहेको छ ।

अस्ट्रेलियाको जेम्स कुक विश्वविद्यालयमा कार्यरत किएरिन सिम्स भने लाओस सरकारको आर्थिक अव्यवस्थाका कारण दिगो विकास हुन नसकेको बताउँछन् ।

आगामी ५ वर्षसम्म ऋण तिर्नका लागि लाओसले हरेक वर्ष कम्तीमा १ अर्ब २० करोड डलर खर्चिनुपर्ने एसियाली विकास बैंक एडीबीले जनाएको छ । यता मुलुकको कूल ग्राहस्थ उत्पादन भने केबल १४ अर्ब ९ करोड डलरमात्रै रहेको छ । एडीबी लाओसकी वरिष्ठ अर्थशास्त्री एम्मा एलेनले मुलुकको सार्वजनिक ऋण संकटग्रस्त अवस्थामा रहेको बताएकी छिन् ।

अर्कोतर्फ डलरको तुलनामा लाओसको मुद्रा किपको अवमूल्यन तीव्र गतिमा भइरहेको छ । पछिल्ला दुई वर्षको अवधिमा किमको मूल्य आधाले घटेको छ । यस कारण आयातमा आधारित लाओसको अर्थतन्त्रमा तीव्र मुद्रास्फीति मापन गरिएको छ ।

एडीबीकी अर्थशास्त्री एलेनका अनुसार यस वर्षको जनवरीदेखि अगस्टसम्म लाओसमा खाद्यान्नको मुद्रास्फीति दर औसतमा ४६ प्रतिशतसम्म पुगेको थियो । प्रमुख ऋणदाताहरुले पनि लाओसले ऋण तिर्नसक्नेमा विश्वास गुमाइसकेका छन् । हाल लाओसलाई ‘ऋण दिन सबैभन्दा धेरै जोखिम रहेको मुलुक’ को सूचीमा राखिएको छ ।

प्रकाशित मिति : २१ आश्विन २०८०, आइतबार  ९ : ५४ बजे

नासाको ‘ओरियन’ रकेट फेरी प्रक्षेपण स्थलमा

एजेन्सी– नासाले आफ्नो आगामी चन्द्र अभियानका लागि ‘स्पेस लन्च सिस्टम’

इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ : ट्रम्प

वाशिङ्टन- डोनाल्ड ट्रम्पले शुक्रबार संयुक्त राज्य अमेरिका इरानमाथि जारी सैन्य

निफले सक्यो प्रि-इभेन्टका कार्यक्रम

काठमाडौं – नवौँ संस्करणको नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) को

कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै माइतीघरमा प्रदर्शन (तस्बिरहरू)

काठमाडौं- जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै युवाहरूले शनिबार

निर्वाचनमा बालअधिकार उल्लङ्घन : अध्ययनले देखायो ३५० घटना

काठमाडौं– प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ मा बालअधिकारसम्बन्धी निर्वाचन आचारसंहिता कार्यान्वयन