'एक पालिका, एक हुलाकको अवधारणा कार्यान्वयन गरिन्छ : मन्त्री शर्मा | Khabarhub Khabarhub

‘एक पालिका, एक हुलाकको अवधारणा कार्यान्वयन गरिन्छ : मन्त्री शर्मा


२२ आश्विन २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले हुलाक सेवालाई पुनःसंरचना गर्ने क्रममा चालु आर्थिक वर्षबाट नै ‘एक पालिका, एक हुलाक’ अवधारणा कार्यान्वयन गर्ने सरकारको कार्यक्रम रहेको बताएकी छन् ।

विश्व हुलाक सेवा दिवसका अवसरमा आज डिल्लीबजारस्थित गोश्वारा हुलाक कार्यालयमा आयोजित कार्यक्रममा मन्त्री शर्माले सूचना प्रविधि र यातायातको विकास नभएको अवस्थामा जनतालाई हुलाक सेवाको पहुँच पुर्‍याउने गरी सूचना प्रविधिसँग जोड्दै सङ्घीय शासन प्रणालीबमोजिम पुनःसंरचना गर्न लागिएको बताइन्। 

‘आवश्यक सार्वजनिक सेवाका रुपमा रहेको हुलाक सेवामुखी भावनाले सञ्चालन हुँदै आएको छ । मुलुकभर आफ्नो सेवा प्रवाहको सञ्चालन रहे पनि परम्परागतरूपमा अब हुलाक सेवा प्रभावकारी बनाउन सकिने अवस्था छैन’, मन्त्री शर्माले भनिन्, ‘यसमा व्यापक सुधार ल्याउन सेवा प्रवाहलाई आधुनिक, भरपर्दो र प्रतिस्पर्धी बनाउने सरकारको लक्ष्य छ ।’

मन्त्री शर्माले हुलाक सेवामा प्रविधि, भौतिक पूर्वाधार र सङ्गठनात्मक पुनःसंरचनामसहित कार्यरत कर्मचारीको क्षमता विकाससहित सरोकारवालाबीच समन्वय गरी हुलाक सेवाको विश्वव्यापी सञ्चालनमा नेपाललाई थप सक्रिय सदस्य राष्ट्रका रुपमा उभ्याउन राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा सहकार्य बढाउने प्रतिबद्धता पनि व्यक्त गरिन् ।

सो अवसरमा मन्त्रालयका सचिव कृष्णबहादुर राउतले समयसापेक्षितरुपमा हुलाक सेवालाई प्रभावकारी, विश्वसनीय र आधुनिक प्रविधियुक्त बनाउन सरकारका तर्फबाट आवश्यक सहजीकरण गरिने विश्वास व्यक्त गरिन् । 

हुलाक सेवा विभागका महानिर्देशक प्रदीपराज अधिकारीले परम्परागतरूपमा हुलाक सेवा सञ्चालन हुन नसक्ने अवस्थालाई ध्यान दिई पुनःसंरचना र समयसापेक्षतामा अग्रसर हुन आफूहरू तत्पर रहेको बताए। कार्यक्रममा हुलाक सेवामा योगदान दिने व्यक्ति र दीर्घसेवी कर्मचारीलाई सम्मान गरिएको थियो । यस वर्षको दिवसको नारा ‘विश्वासका लागि एकसाथ’ रहेको छ ।

प्रकाशित मिति : २२ आश्विन २०८०, सोमबार  २ : ५३ बजे

नागढुङ्गा दुर्घटनाका घाइतेको एपीएफ अस्पतालमा उपचार

काठमाडौं–  काठमाडौँको चन्द्रागिरि नगरपालिका–२ नागढुङ्गा नजिकै घुमाउने पसल अगाडि दुर्घटना

सम्पादकहरूको विज्ञप्ति : प्रहरी परिचालन गरेर पत्रकार पक्राउ गर्न खोज्नु खेदजनक

काठमाडौँ – नेपालको प्रमुख सञ्चारमाध्यमका सम्पादकहरूले प्रहरी परिचालन गरेर पत्रकार

संसद् सचिवालयको सचिवमा दुराको बढुवा

काठमाडौं– सङ्घीय संसद् सचिवालयको रिक्त सचिवालय सचिवमा सुरजकुमार दुराको बढुवा

ग्वार्को फ्लाइ ओभरको मुख्य संरचना निर्माण सम्पन्न

काठमाडौं– ललितपुरको ग्वार्कोस्थित फ्लाइ ओभरको मुख्य संरचना निर्माण सम्पन्न भएको

बजेट अभावमा सोती लिफ्टिङ खानेपानी योजना अलपत्र

पर्वत– बजेट अभावमा दक्षिण पर्वतको विहादी गाउँपालिका–२ बर्राचौरमा निर्माणाधीन सोती