एमाले सुदूरपश्चिम नेतृत्वमा सहमतिको प्रयास असफल, आज मतदान हुँदै « Khabarhub

एमाले सुदूरपश्चिम नेतृत्वमा सहमतिको प्रयास असफल, आज मतदान हुँदै


२३ आश्विन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


159
Shares
  • change font
  • change font
  • change font

धनगढी– नेकपा एमाले सुदूरपश्चिम अधिवेशन अन्तर्गत प्रदेशको नयाँ नेतृत्वका लागि आज मतदान हुँदैछ ।

सुदूरपश्चिम प्रदेशको भावी नेतृत्वका लागि सहमतिको प्रयास असफल भएपछि निर्वाचन समितिले आज साँझ ५ बजेदेखि मतदान गराउन लागेको हो ।

प्रमुख निर्वाचन अधिकृत पदम पालले सार्वजनिक गरेको निर्वाचन कार्यतालिका अनुसार आज बिहान ७ देखी ९ः३० बजेसम्म उम्मेदवारी दर्ता, ११ः३० बजे उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशन तथा दिउसो २ः३० बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ भने साँझ ५ बजेबाट मतदान सुरु हुनेछ ।

गत आइतवार अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गरेको सो अधिवेशनको भावी नेतृत्वका लागि हिजो दिनभर सहमतिको प्रयास गरिएको भए पनि सफल नभए पछि हिजो साँझबाट नै निर्वाचन प्रक्रिया अघि बढाइएको हो ।

प्रदेश अध्यक्षका लागि अछामका कृष्ण प्रसाद जैशी र कमल तिमिल्सिना र कञ्चनपुरका वचन सिंहले दाबी गरेका छन् ।

 

 

प्रकाशित मिति : २३ आश्विन २०८०, मंगलबार  ६ : ४८ बजे

महासंघको यातायात तथा पारवहन समिति उपसभापतिमा मेघराज पौडेल मनोनीत

काठमाडौं– अटोमोबाइल व्यवसायमा लामो समयदेखि सक्रिय मेघराज पौडेललाई नेपाल उद्योग वाणिज्य

ऊर्जाका आयोजनाको निर्माणमा अवरोध गर्ने कांग्रेस नेता–कार्यकर्तालाई कारबाही गर्छौं : गगन थापा

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापाले जलविद्युत तथा ऊर्जाका निर्माणाधीन

 कम्पनी दर्तासम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौं– स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु), नेपाल ल क्याम्पसको आयोजनामा ‘कम्पनी

अविरल वर्षाका कारण देशका दर्जनौँ सडक अवरुद्ध, कहाँको अवस्था कस्तो छ ?

काठमाडौं– बिहीबारदेखि परेको अविरल वर्षाका कारण देशभरीका दर्जनौं सडक अवरुद्ध

एनपीएलको जोश बढाउँदै एक्सट्रीम : ७ टोली, ७ गेट

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) सिजन ३ सुरु हुनुअघि नै एक्सट्रीम