इजरायली आक्रमणमा हमासका दुई पोलिटब्युरो सदस्यको मृत्यु « Khabarhub

इजरायली आक्रमणमा हमासका दुई पोलिटब्युरो सदस्यको मृत्यु


२३ आश्विन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – प्यालेस्टाइनी इस्लामिक रेजिस्टेन्स मुभमेन्ट (हमास) का दुई जना पोलिटब्युरो सदस्यको दक्षिणी गाजा पट्टीमा इजरायली हवाई आक्रमणमा परी मृत्यु भएको हमासको एक आधिकारिक स्रोतले मङ्गलबार सिन्ह्वालाई जानकारी दिएको छ ।

जकारिया अबु मुअम्मर र जवाद अबु शमाला प्यालेस्टाइनको दक्षिणी क्षेत्रमा खान युनिसमा गरिएको हवाई आक्रमणमा मारिएका छन् ।

इजरायली सेनाका प्रवक्ता अविचय अद्राईले एक प्रेस विज्ञप्ति जारी गर्दै इजरायली विमानले हमासका अर्थमन्त्री अबु शामालाको सोमबार राति आक्रमणबाट मृत्यु भएको बताएका छन् । शमालाले हमासको वित्तीय मामिला हेर्दै आएका थिए भने गाजाभित्र र बाहिर वित्त तथा प्रत्यक्ष कार्यक्रम सञ्चालनका लागि रकम विनियोजन गर्थे ।

इजरायली सेनाले अबु मुअम्मरलाई आन्तरिक सम्बन्धको कार्यालयको प्रमुख र ‘हमासको वरिष्ठ योजनाकार’ र गाजामा सशस्त्र समूहहरूको बीचमा समन्वयकको भूमिका खेल्ने हमासको उच्च अधिकारीका रूपमा उल्लेख गरेको छ ।

इजरायलको सरकारी स्वामित्वको कान टिभी न्यूजका अनुसार हमासले गरेको आत्मघाती आक्रमणमा परी शनिबारसम्म कम्तीमा एक हजार आठ जनाको मृत्यु भएको छ । यसैबीच प्यालेस्टिनीको स्वास्थ्य मन्त्रालयले मङ्गलबार सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार गाजा पट्टीमा इजरायली आक्रमणमा परी मृत्यु हुनेको सङ्ख्या ७८८ पुगेको छ भने घाइते हुनेको सङ्ख्या चार हजार १०० पुगेको छ ।

प्रकाशित मिति : २३ आश्विन २०८०, मंगलबार  १० : २२ बजे

टी–२० विश्वकप : पाकिस्तानले गर्‍यो भारतसँग खेल्ने निर्णय

काठमाडौं – सन् २०२६ को आईसीसी पुरुष टी–२० विश्वकपमा भारतविरुद्धको

व्हाट्सएपमा एआई पहुँच सुनिश्चित गर्न मेटालाई निर्देशन

ब्रसेल्स – युरोपेली सङ्घले मेटालाई आफ्ना ‘व्हाट्सएप’ प्लेटफर्ममा कृत्रिम बुद्धिमत्ता

निर्वाचन आउन २३ दिन बाँकीः ४४ जिल्लाको मतपत्र छपाइ सकियो

काठमाडौं – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले मंगलबार लागि विदेशी मुद्राको विनिमय

मध्यरातमा ताप्लेजुङमा भूकम्पको धक्का

काठमाडौं – ताप्लेजुङको कञ्चनजङ्गा आसपासको क्षेत्रमा भूकम्पको धक्का महसुस भएको