रुकुम पश्चिमको सल्लेमा प्रसूति कुरुवा घर सञ्चालन « Khabarhub

रुकुम पश्चिमको सल्लेमा प्रसूति कुरुवा घर सञ्चालन


२३ आश्विन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

रुकुम पश्चिम- रुकुम पश्चिम जिल्ला अस्पताल सल्लेमा प्रसूति कुरुवा घर सञ्चालनमा आएको छ । कर्णाली प्रदेशमै पहिलो पटक प्रसूति कुरुवा घर सञ्चालनमा आएको हो ।

गर्भवती तथा सुत्केरी र उनीहरुका कुरुवालाई बस्न सहज होस् भनेर अस्पताल परिसरमा कुरुवा घर निर्माण गरिएको हो । ‘वान हर्ट वल्ड वाइड’ तथा रुकुमेली समाज विकास केन्द्र र अस्पताल विकास समितिको साझेदारीमा कुरुवा घर निर्माण गरिएको वान हर्ट वल्ड वाइडका जिल्ला संयोजक लोकमणि गिरीले जानकारी दिए। उक्त घर निर्माणमा रु २९ लाख ४८ हजार खर्च भएको छ । यसमा अस्पताल विकास समितिले रु चार लाख खर्च गरेको छ ।

“गर्भवती र तिनका कुरुवा अब निःशुल्करूपमा यहाँ बस्न पाउने छन्”, संयोजक गिरीले भने । कुरुवा घरमा चार श्ययासहित भान्साको व्यवस्था छ । गर्भवती तथा सुत्केरीलाई मापदण्डअनुसारका खानेकुराको व्यवस्था अस्पतालले गर्ने छ ।

प्रकाशित मिति : २३ आश्विन २०८०, मंगलबार  १० : ४६ बजे

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक

यूएईको गोप्य भ्रमणमा नेतान्याहू

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स

प्रतिबन्धले इरानी उड्डयन क्षेत्र प्रभावित भएको अमेरिकी दाबी

एजेन्सी । संयुक्त राज्य अमेरिकाले इरानको उड्डयन क्षेत्र माथि लगाएको

पहिरोले सडक अवरुद्ध : स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुको जन्म

बागलुङ । बागलुङको बडिगाडमा एक जना गर्भवतीले बाटोमै शिशुलाई जन्म

बाढीपहिरोबाट म्याग्दीका २०० परिवार विस्थापित

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षात्