रुकुम पश्चिमको सल्लेमा प्रसूति कुरुवा घर सञ्चालन « Khabarhub

रुकुम पश्चिमको सल्लेमा प्रसूति कुरुवा घर सञ्चालन


२३ आश्विन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

रुकुम पश्चिम- रुकुम पश्चिम जिल्ला अस्पताल सल्लेमा प्रसूति कुरुवा घर सञ्चालनमा आएको छ । कर्णाली प्रदेशमै पहिलो पटक प्रसूति कुरुवा घर सञ्चालनमा आएको हो ।

गर्भवती तथा सुत्केरी र उनीहरुका कुरुवालाई बस्न सहज होस् भनेर अस्पताल परिसरमा कुरुवा घर निर्माण गरिएको हो । ‘वान हर्ट वल्ड वाइड’ तथा रुकुमेली समाज विकास केन्द्र र अस्पताल विकास समितिको साझेदारीमा कुरुवा घर निर्माण गरिएको वान हर्ट वल्ड वाइडका जिल्ला संयोजक लोकमणि गिरीले जानकारी दिए। उक्त घर निर्माणमा रु २९ लाख ४८ हजार खर्च भएको छ । यसमा अस्पताल विकास समितिले रु चार लाख खर्च गरेको छ ।

“गर्भवती र तिनका कुरुवा अब निःशुल्करूपमा यहाँ बस्न पाउने छन्”, संयोजक गिरीले भने । कुरुवा घरमा चार श्ययासहित भान्साको व्यवस्था छ । गर्भवती तथा सुत्केरीलाई मापदण्डअनुसारका खानेकुराको व्यवस्था अस्पतालले गर्ने छ ।

प्रकाशित मिति : २३ आश्विन २०८०, मंगलबार  १० : ४६ बजे

बिलाउनीको झाडी फाँडेर सुन्तला बगान

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–७ दोवाटाका किसानहरूले बिलाउनीको झाडी फाँडेर सुन्तला

भारतमा ट्याङ्कर दुर्घटना भएर बसमा ठोक्किँदा आगलागी : नौ जनाको मृत्यु

काठमाडौं – भारतको कर्नाटकमा बस र ट्याङ्कर दुर्घटनापछि आगलागी हुँदा

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को