इजराइल-हमास द्वन्द्वमा टर्कीएद्वारा मध्यस्थताको प्रस्ताव « Khabarhub

इजराइल-हमास द्वन्द्वमा टर्कीएद्वारा मध्यस्थताको प्रस्ताव


२४ आश्विन २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

टर्कीए टर्कीएका राष्ट्रपति रेसेप तय्यप एर्दोगानले हमास–इजराइल द्वन्द्वको मध्यस्थताका लागि प्रस्ताव गरेका छन् । उनले यसका लागि आफ्नो कूटनीतिक प्रयासलाई निरन्तरता दिने बताएको टर्कीमा रहेको अनाडोलु समाचार समितिले जनाएको छ । 

‘यदि दुवै पक्षले अनुरोध गरेको खण्डमा बन्दीहरूको आदानप्रदानसहित कुनै पनि प्रकारको मध्यस्थताका लागि टर्कीए तयार रहेको म बताउन चाहन्छु’ एर्दोगानले भने, ‘हामीले केही समयदेखि कायम राख्दै आएको हाम्रा कूटनीतिक सम्पर्कहरूलाई निरन्तरता दिइरहेका छौँ र पछिल्ला दिनमा हामीले यसलाई अझ गति दिएका छौँ ।’

आतङ्ककारी समूह हमासले इजरायलमा अप्रत्याशित आक्रमण गरेपछि राष्ट्रपति एर्दोगानको उक्त टिप्पणी आएको हो । हमासको आक्रमणसँगै इजरायललाई युद्धको घोषणा गर्न बाध्य बनाएको थियो । युद्ध नैतिक बन्धनको अधीनमा रहेकोमा जोड दिँदै टर्किएका राष्ट्रपतिले भने, ‘दुवै पक्ष यो नैतिक बन्धनको पालना गर्न बाध्य छन्, हामीले सधैँ भने जस्तो न्यायपूर्ण शान्तिमा कसैले पनि हार्दैन ।’

उनले इजरायललाई प्यालेस्टिनी क्षेत्रहरूमा बम आक्रमण रोक्न र प्यालेस्टिनीहरूलाई इजराइलमा नागरिक बस्तीहरूमा उत्पीडन रोक्न आग्रह गरे। उनले मानवीय विवेक प्रयोग गर्न आग्रह गर्दै यस्तो मध्यम कदमले शान्तिको ढोका खोल्ने बताए। 

‘हवाई तथा जमिन आक्रमणबाट गाजाको विनाश, मस्जिदमा बम आक्रमणका साथै अबोध बालबालिका, महिला, वृद्ध र नागरिकहरूको मृत्यु कहिल्यै स्वीकार्य छैन’ ,उनले भने । 

प्रकाशित मिति : २४ आश्विन २०८०, बुधबार  ३ : १० बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै