नेप्से परिसूचकमा सामान्य सुधार « Khabarhub

नेप्से परिसूचकमा सामान्य सुधार


२४ आश्विन २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– यो सातामा कारोबारको लगातार तीन दिनसम्म घटेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज चौथौ दिन भने सामान्य अंकको सुधार देखिएको छ । आज नेप्से परिसूचक पाँच दशमलव १६ अंकले बढेर एक हजार आठ सय ९४ दशमलव ७६ बिन्दुमा कायम भएको छ ।

विभिन्न दुई सय ८६ कम्पनीका ३७ लाख ३३ हजार पाँच सय २४ कित्ता शेयर ५५ हजार एक सय ९७ पटक खरिदबिक्री हुँदा रू एक अर्ब आठ करोड ८५ लाख ४७ हजार नौ सय ८० बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

 आजको कारोबारमा उत्पादन तथा प्रशोधन समूह शून्य दशमलव १३, निर्जीवन बीमा समूह शून्य दशमलव ०६ र व्यापार समूह शून्य दशमलव १३ प्रतिशतले घटेको छ । अरु सबै समूहको उपसूचक बढेको छ । सबैभन्दा धेरै एक दशमलव ८० र म्युचुअल फन्ड एक दशमलव ०७ प्रतिशतले बढेको छ ।

एक सय ३७ कम्पनीको शेयर मूल्य बढेको छ । सबैभन्दा धेरै सिटी होटल लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै घट्नेमा भने सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेडको शेयर मूल्य चार दशमलव २१ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै मान्डु हाइड्रोपावर लिमिटेडको रू चार करोड ८० लाख ९० हजार आठ सय १६ बराबरको किनबेच भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा आज सबैभन्दा धेरै हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडको एक लाख ६६ हजार सात सय २९ कित्ता शेयर किनबेच भएको छ ।

प्रकाशित मिति : २४ आश्विन २०८०, बुधबार  ३ : ३८ बजे

रास्वपा महाधिवेशनमा आज बन्दसत्र हुँदै, सभापति लामिछानेले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने

चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को राष्ट्रिय महाधिवेशन अन्तर्गत आज बन्दसत्र

फोटो लाइब्रेरीले खिचेको तोसिमा कार्कीको फोटोमा कसले गर्‍यो छेडखानी ?

काठमाडौँ – चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम

यी भूभागमा वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

राप्रपा बैठक बहिष्कारबारे पूर्वअध्यक्षको स्पष्टीकरण: ‘पार्टी कमजोर भएको मूकदर्शक बनेर हेर्न सक्दैनौँ’

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को हालै सम्पन्न केन्द्रीय

पहिलो पटक विश्वकप खेलेको केप भर्डेको तहल्का: स्पेनपछि उरुग्वेलाई झट्का

मियामी – पहिलो पटक विश्वकप खेलिरहेको केप भर्डेले आफ्नो सनसनीपूर्ण