पोखरामा दुलो परेका इँटाको उत्पादन सुरु « Khabarhub

पोखरामा दुलो परेका इँटाको उत्पादन सुरु


२४ आश्विन २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


639
Shares
  • change font
  • change font
  • change font

पोखरा- पोखरामा दुलो परेका इँटाको उत्पादन सुरु भएको छ । पोखरा इको रेड ब्रिक्स प्रालिले हलो ब्रिक अर्थात् दुलो परेका इँटाको उत्पादन थालेको हो । दुलो परेका इँटा अन्य सामान्य इँटाभन्दा हरेक हिसाबले फाइदाजनक भएको भन्दै कम्पनीले यस्तो इटाको उत्पादन थालेको जनाएको छ ।

तथ्यांकअनुसार हाल देशभरमा १५ प्रतिशतको हलो ब्रिक्स् अर्थात् दुलो परेको इँटा प्रयोग हुन्छ । यसले कोइला खपतमा मात्र वार्षिक पाँच अर्ब बचत हुने तथ्यांक छ । हाल नेपालमा एक हजार ३५० वटा इँटा उद्योगबाट कोइला खरिदका लागि वार्षिक २५ अर्ब रुपैयाँ विदेशिने गरेको तथ्यांक छ ।

पोखरा इको रेड ब्रिक्स प्रालिका अध्यक्ष एवं हलो ब्रिक्सका प्राविधिक निर्देशक इन्जिनियर कृष्णभक्त दुवालले भवन तथा अन्य पूर्वाधार निर्माणमा प्रयोग हुने सामान्य इँटाको सट्टा हलो ब्रिक आर्थिक हिसाबले सस्तो, वातावरणमैत्री र प्रयोग गर्न सजिलो हुने भएकाले यसको प्रयोगमा जोड दिए ।

 

प्रकाशित मिति : २४ आश्विन २०८०, बुधबार  ५ : ३२ बजे

७ करोड लगानीमा ‘टप दरबार रोधी क्लब’ सञ्चालनमा, भदौ ५–७ सम्म भव्य उद्धाटन

काठमाडौं । काठमाडौंको जमलस्थित विश्वज्योति मलको चौथो तलामा करिब ७

नेपालको आर्थिक रूपान्तरणमा निजी क्षेत्र र संयुक्त राष्ट्रसंघबीच सहकार्यमा जोड

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ र

मोदी खोलाले बगायो तातोपानी कुण्ड

कास्की । अन्नपूर्ण गाउँपालिका–११ झिनुस्थित मोदीखोला किनारमा रहेको तातोपानी कुण्ड

चिकित्सकहरूमाथि श्रम शोषण रोक्न सरकारले नियमित अनुगमन गर्ने

काठमाडौं । प्रधानमन्त्रीको सचिवालयले प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूमाथि श्रम शोषण

कांग्रेसले सार्वजनिक गर्‍यो महाधिवेशन तालिका

काठमाडौं । नेपाली कांग्रेसले १५ औँ महाधिवेशनको तालिका सार्वजनिक गरेको