गोपनियता भंग गरेको आरोपमा फेसबुकलाई ५ अर्ब डलर जरिवाना « Khabarhub

गोपनियता भंग गरेको आरोपमा फेसबुकलाई ५ अर्ब डलर जरिवाना


९ श्रावण २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-गोपनियता भंग गरेको आरोपमा सामाजिक सञ्जाल फेसबुकले ५ अर्ब डलर जरिवाना तिर्नुपर्ने भएको छ । फेसबुकका लागि यो हालसम्मकै ठूलो जरिवाना हो । गोपनीयतासम्बन्धी उचित व्यवस्थापन गर्न नसक्दा फेसबुकले हालसम्मकै सबैभन्दा ठूलो रकम जरिवाना तिर्नुपर्ने अमेरिकी अधिकारीले बताएका छन् ।

अमेरिकाको संघीय व्यापार आयोग एफटीसीका अनुसार फेसबुकले ५ अर्ब डलर जरिवाना तिर्नेछ । कुनै पनि कम्पनीले प्रयोगकर्ताको गोपनीयता उल्लङ्घन गरेको आरोपमा ५ अर्ब डलर जरिवाना तिरेको यो पहिलो पटक हो ।

एफटीसीले राजनीतिक परामर्शदाता कम्पनी क्याम्ब्रिज एनालिटिकाले ७ करोड ८० लाख फेसबुक प्रयोगकर्ताहरूको डेटा प्राप्त गरेको आरोपको जाँच गरेको थियो ।

अब फेसबुकले गोपनीयता हेर्ने एउटा स्वतन्त्र समिति पनि बनाउनु पर्नेछ । उक्त समितिमा फेसबुकका संस्थापक तथा प्रमुख मार्क जुकरबर्गको नियन्त्रण रहने छैन ।

प्रकाशित मिति : ९ श्रावण २०७६, बिहीबार  ८ : १४ बजे

प्रधानमन्त्रीको अभिव्यक्तिले भारत जान तम्तयार रविलाई तनाव

काठमाडौं- भारतीय जनता पार्टी (भाजपा)को निमन्त्रणामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति

सभामुख अघि बढ्न संसद्‍मा घम्साघम्सी (तस्बिरहरू)

काठमाडौं- प्रतिनिधिसभाको आइतबार दिनभर चलेको बैठकमा साँझ तनाव भएको छ।

लागू औषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ

काठमाडौं- प्रहरीले अवैध लागूऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ गरेको

नेपालले भारतीय भूमि मिचेको बालेनको भनाइबारे परराष्ट्रको स्पष्टीकरण : त्यो ‘क्रस बोर्डर अकुपेसन’सँग सम्बन्धित हो

काठमाडौं- परराष्ट्र मन्त्रालयले प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधिसभामा नेपालले पनि भारतीय