छ वर्षदेखि सिँचाइ आयोजना अलपत्र « Khabarhub

छ वर्षदेखि सिँचाइ आयोजना अलपत्र


२५ आश्विन २०८०, बिहिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

मन्थली– जिल्लाको खाँडदेवी गाउँपालिका-३ भिरपानीमा निर्माणाधीन सिँचाइ आयोजना छ वर्षदेखि अलपत्र परेको छ । गाउँपालिकाको सित्खा फाँट सिँचाइ गर्ने उद्देश्यले सञ्चालन गरिएको ‘सुनकोसी–सित्खा लिफ्ट सिँचाइ आयोजना’ छ वर्षदेखि अलपत्र परेको हो । 

बागमती प्रदेश सरकारले जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय रामेछापमार्फत सञ्चालन गरेको उक्त आयोजना विसं २०७७ पुस मसान्तसम्म निर्माण सम्पन्न गर्ने गरी विसं २०७५ असार २९ गते सम्झौता भएको थियो । रू एक करोड २९ लाख दुई हजार चार सय ४८ मा ठोक्का सम्झौता भएको कार्यालयले जनाएको छ ।

आयोजनाको करिब ६५ प्रतिशत काम सम्पन्न गरी निर्माण व्यवसायीले रू ८३ लाख १७ हजार चार सय ३३ भक्तानीसमेत लिएपछि बाँकी काम अलपत्र भएको कार्यालयका इन्जिनियर दिवाकर मण्डलले जानकारी दिएका छन् । 

सिँचाइ अभावका कारण वडा नं ३ सित्खामा हजारौँ रोपनी खेतीयोग्य जमिन बाँझै रहेको स्थानीय गणेश माझीले बताए । खेत भन्दामुनी सुनकोसी नदी बगिरहे पनि आफ्नो खेतमा सिँचाइ सुविधा नहुँदा खेतीयोग्य जमिन बाँझै रहेको किसानको भनाइ थियो । किसानले माग गरेपछि सोही आधारमा प्रदेश सरकारबाट आयोजना आएको भन्दै माझीले आयोजना सम्पन्न होला र सित्खा फाँटमा बाह्रैमहिना खेती गरौँला भन्ने सपना अधुरै रहेको बताए ।

स्थानीय रामगोपाल श्रेष्ठका अनुसार आयोजना निर्माणस्थल नजिक पानी संकलनका लागि निर्माण गरिएको पोखरीसमेत सुकेर चिराचिरा परिसकेको छ । ‘जिआइ पाइप राख्नुपर्नेमा पोलिथिन पाइप राखिएको छ । त्यो पनि अलपत्र छोडिदा बिग्रिसकेको छ’, उनले भने । 

निर्माण व्यवसायीले आयोजनाको काम अलपत्र छोडेपछि काम अघि बढाउन जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयलाई पटकपटक अनुरोध गर्दा पनि कार्यालयले चासो नदिएको स्थानीय कृष्णबहादुर केसीले गुनासो गरे । कामको जिम्मेवारी लिएका ठेकदारले कहिले काम गरेजस्तो गर्ने, कहिले आलटाल गर्ने गरेकाले आयोजना अलपत्र परेको उनको भनाइ थियो । 

‘निर्माण गरिएका संरचना पनि सबै भत्किसकेका छन्’, केसीले भने, ‘नदी छेउबाट ट्याङ्कीसम्म ल्याउन बिछ्याइएका पाइप सबै टुक्राटुक्रा भइसकेका छन् । आयोजना निर्माण पुनः सुरु गर्ने सम्बन्धमा सरोकारवाला निकायले चासो दिएका छैनन् ।’

निर्माण व्यवसायीले काम बीचमै छाडेर हिँडेपछि पटकपटक पत्राचार गर्दासमेत व्यवसायी सम्पर्कमा नआएको डिभिजन कार्यालयका इञ्जिनियर मण्डलले बताए । सम्झौता बमोजिम काम गर्न भनी बारम्बार पत्राचार गर्दा पनि निर्माण व्यवसायी सम्पर्कमा नआएपछि ठेक्का सम्झौता रद्द गरी निर्माण कम्पनीलाई कालोसूचीमा राखिएको उनले जानकारी दिए । 

‘कार्यालयसँग सम्पर्कमा नआएका निर्माण व्यवसायीले कम्पनी कालोसूचीमा परेको थाहा पाएपछि डिभिजन कार्यालय विरुद्ध अदालतमा मुद्दा दर्ता गरेका छन्’, इञ्जिनियर मण्डलले भने, ‘उक्त मुद्दा विचाराधीन अवस्थामा रहेकाले सुनकोसी–सित्खा लिफ्ट सिँचाइ आयोजना अझैसम्म पनि अन्योलमा छ ।’

प्रकाशित मिति : २५ आश्विन २०८०, बिहिबार  २ : ०४ बजे

एक करोडभन्दा बढी मूल्यको फर्सीको बियाँ बरामद

झापा – यहाँको मेचीनगर नगरपालिका–१ स्थित भालुखोपको जङ्गलमा लुकाइछिपाइ राखिएको

कर्णाली महिला बास्केटबलको फाइनलमा प्रवेश

कर्णाली – दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत महिला बास्केटबल खेलमा कर्णाली

सरकारका कामकारबाही विधिमा आधारित हुनुपर्छ : सभामुख अर्याल

पाल्पा – प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले सरकारका कामकारबाहीले कानुनी

विद्युतसँग सम्बन्धित दुर्घटना न्यूनीकरण गर्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्छौं : मन्त्री श्रेष्ठ

बागलुङ – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युतजन्य दुर्घटना

शिक्षक सेवा आयोगको परीक्षामा २० थान मोबाइल जफत

हेटौँडा – शिक्षक सेवा आयोगले सञ्चालन गरेको निम्न माध्यमिक तहको