उर्वर उमेरमा कुलतमा फस्नु राष्ट्रका लागि हानिकारक : रक्षामन्त्री खड्का « Khabarhub

उर्वर उमेरमा कुलतमा फस्नु राष्ट्रका लागि हानिकारक : रक्षामन्त्री खड्का


२५ आश्विन २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– उपप्रधान एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले कर्णाली प्रदेशमा लागूऔषधविरुद्ध लालटिन अभियानको शुभारम्भ गरेका छन् । 

लागूऔषधका कारण घर, समाज र सिङ्गो राष्ट्रलाई असर पुर्‍याइरहेको बताउँदै उपप्रधानमन्त्री खड्काले सिङ्गो समाज यसका विरुद्ध एकजुट हुनुपर्नेमा जोड दिए ।

उपसभापति खड्काले सीमा नाकामा हुने लागूऔषध ओसारपसार नियन्त्रणका लागि तीन तहकै सरकार र सामाजिक संघ, संस्थाको महत्त्वपूर्ण भूमिका हुने बताए । 

 ‘सीमाबाट हुने लागू औषध नियन्त्रणका लागि संघ, प्रदेश र स्थानीय तहका साथै नागरिक समाज, सामाजिक संस्था र समुदायको महत्त्वपूर्ण भूमिका रहन्छ,’  उपसभापति खड्काले भने , ‘यसतर्फ आजकै दिनदेखि सक्रियतापूर्वक लाग्न सबैमा आग्रह गर्दछु ।’

उपसभापति खड्काले लागूऔषधको दुर्व्यसनमा १६ देखि २६ वर्ष उमेर समूहका धेरै प्रभावित तथ्यांकले देखाएको बताउँदै उर्वर उमेरमा कुलतमा फस्नु राष्ट्रका लागि हानिकारक भएको बताए ।

प्रकाशित मिति : २५ आश्विन २०८०, बिहीबार  २ : ४१ बजे

कांग्रेसको क्षेत्रीय अधिवेशनको मिति परिवर्तन

बागमती – भारी वर्षाको सम्भावनालाई दृष्टिगत गरी नेपाली कांग्रेसको १५

प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित

गण्डकी – निरन्तरको वर्षाका कारण पोखरा अन्तरराष्ट्रिय विमानस्थबाट हुने आन्तरिक

सल्यानका ८८ जनामा स्क्रबटाइफस सङ्क्रमण

कर्णाली – सल्यान जिल्लाका तीन स्थानीय तहका ८८ जनामा स्क्रबटाइफसको

सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो

सिक्किम – पश्चिम सिक्किमको युक्सोम–ताशिदिङ निर्वाचन क्षेत्रअन्तर्गत रिम्बी गाउँमा लगातार

प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग

काठमाडौं – झारखण्ड गोरखा समाजले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा