भारतबाट हुने निर्यात पूर्ति गर्न चैते धान अभियान चलाउनुपर्छ : मन्त्री भुसाल « Khabarhub

भारतबाट हुने निर्यात पूर्ति गर्न चैते धान अभियान चलाउनुपर्छ : मन्त्री भुसाल


२५ आश्विन २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कृषि तथा पशुपक्षी विकासमन्त्री डा बेदुराम भुसालले किसानलाई ‘चैते धान अभियान’ चलाउनुपर्ने बताएका छन् । ‘जीवन र खाद्यको आधार हो पानी’ भन्ने नारासहित कृषि विभागले आज यहाँ आयोजना गरेको ४३औँ विश्व खाद्य दिवसमा उनले भारतले धान निर्यात बन्द गरेको उल्लेख गर्दै एक लाख हेक्टर जमिनमा चैते धान अभियान चलाउनुपर्ने बताए ।

‘भारतले निर्यात गर्ने धानको अभाव पूर्ति गर्न एक लाख हेक्टर क्षेत्रफलमा चैते धान लगाऊँ । छ लाख मेट्रिक टन धान उत्पादन गरौँ’, मन्त्री भुसालले भने, “सिँचाइ, आवश्यक कृषि औजार र मलको समस्या समाधान गरियो भने खाद्यमा समस्या हुँदैन । रासायनिक मलको कटौती गरेर प्राङ्गारिक तथा जैविक मलमा वृद्धि गर्नुपर्छ ।” बगेको पानीको सही व्यवस्थापन गरेर कृषिमा प्रयोग गर्न सके सिँचाइको समस्या नहुने उनले दाबी गरे । 

‘उन्नत बीउको प्रयोग गर्ने र सिँचाइको व्यवस्था गरेमा सन् २०३५ सम्ममा हामी खाद्यमा आत्मनिर्भर हुन सक्छौँ’, मन्त्री भुसालले भने , ‘पूर्व–पश्चिम नहर निर्माण गरेर मात्र कृषि क्रान्ति हुन्छ ।’

कार्यक्रममा मन्त्रालयका सचिव डा रेवतीरमण पौडेलले साना किसानले उत्पादन गरेको वस्तुलाई उद्योगका रुपमा रूपान्तरण गर्न जरुरी रहेको बताए। उनले भने, ‘साना किसानलाई एकजुट गरेर उत्पादन गरेको कृषि सामग्रीलाई उद्योगमा रूपान्तरण गर्नुपर्छ ।’ पौडेलले किसानलाई वित्तीय सहयोग गर्न कृषि विकास बैंकले सहयोग गर्नुपर्नेमा जोड दिए ।

राष्ट्रिय किसान आयोगका अध्यक्ष डा प्रेम दङ्गालले किसानको सङ्ख्या बढेको तर जमिन घटेकाले कृषि उत्पादनमा कमी आएको भन्दै यसले कृषि क्षेत्रमा ठूलो चुनौती देखिएको बताए । उनले भने, ‘कृषिमा क्रान्ति गर्नको लागि कृषि नीतिलाई सच्याउनुपर्छ । खेतीमा गरिने खर्चको कमी गरेर उत्पादनमा वृद्धि गर्न सके मात्रै किसानलाई फाइदा हुन्छ ।’ उनले सरकारले किसान लक्षित कार्यक्रमहरू ल्याउँनुपर्नेमा जोड दिए ।

बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रका प्रमुख रामकृष्ण श्रेष्ठले वर्षात्को पानी संकलन गरी सिँचाइ गर्नुपर्ने बताए। उनले छानाको पानी संकलनदेखि रिचार्ज पोखरी निर्माणविधि अपनाएर पानीको संरक्षण गर्न सकिने धारणा राखे । 

प्रकाशित मिति : २५ आश्विन २०८०, बिहीबार  ५ : १० बजे

मेस्सीको अर्को ऐतिहासिक कीर्तिमान, लगातार सात विश्वकप खेलमा गोल गर्ने पहिलो पुरुष खेलाडी

काठमाडौं– अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सीले आफ्नो ऐतिहासिक करियरमा अर्को दुर्लभ

कोरियाबाट फर्केर व्यावसायिक कृषि फार्म सञ्चालन

पर्वत– बिहादी गाउँपालिका-१ बाच्छाका ४० वर्षीय शिवकुमार क्षेत्रीले कोरियाबाट फर्केर व्यावसायिक

भोजपुरको थुम्लुङ खोलामा पक्की पुल निर्माण हुँदै

भोजपुर– भोजपुरको तेञ्जिङ–हिलारी राजमार्गअन्तर्गत पर्ने थुम्लुङ खोलामा पक्की पुल निर्माण

दूधमा आत्मनिर्भर बन्दै बागलुङ

बलेवा– दश वर्षपहिले मलेसियाको रोजगारीबाट फर्किएका बागलुङ नगरपालिका-१२ लिलाधर शर्मा अहिले

सुनचाँदीको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा आइतबार सुनचाँदीको मूल्य बढेको छ । गत