प्राधिकरण र नलगाड जलविद्युत कम्पनीबीच सम्झौता « Khabarhub

प्राधिकरण र नलगाड जलविद्युत कम्पनीबीच सम्झौता


२६ आश्विन २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– नेपाल विद्युत प्राधिकरण कर्णाली प्रदेश र नलगाड हाइड्रो पावर कम्पनीको बीचमा सम्झौता भएको छ । प्रदेश प्राधिकरण र नलगाड हाइड्रोपावर बीच विद्युत खरिद ,बिक्रीको सम्झौता भएको हो । 

नलगाड हाइड्रो पावरले निर्माण गर्न लागेको ७ मेगावाटको ताक्सुगाड जलविद्युत आयोजनाबाट उत्पादन हुने विद्युतको लागि सम्झौता भएको हो ।
ताक्सुगाड जलविद्युत आयोजना नलगाड जलविद्युत आयोजना निर्माणका लागि चाहिने आवश्यक पावरका लागि बनाउन लागिएको हो । 

उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले तासुगाड जलविद्युत आयोजनाबाट उत्पादन हुने विद्युतलाई केन्द्रिय विद्युत प्रसारण लाइनमा जोड्नका लागि नेपाल विद्युत प्राधिकरण कर्णाली प्रदेश कार्यालय र नलगाड हाइड्रोपावर कम्पनी बीच सुर्खेतमा सम्झौता पत्रमा हस्ताक्षर भएको बताए ।

ताक्सुगाड यसै आर्थिक वर्षमा निर्माण प्रक्रियामा जाने मन्त्री बस्नेतको भनाई छ । 

प्रकाशित मिति : २६ आश्विन २०८०, शुक्रबार  ७ : ५८ बजे

मध्यपूर्वको पूर्वाधार ध्वस्त पार्ने इरानको चेतावनी, अमेरिकी सैन्य कारबाही पनि तीव्र

एजेन्सी- अमेरिका र इरानबीचको सैन्य तनाव थप चर्किँदै जाँदा इरानले

आठ इरानी मिसाइल खसालेको जोर्डनको दाबी

अम्मान- जोर्डनको सशस्त्र बलले आफ्नो हवाई रक्षा प्रणालीले बिहीबार जोर्डनतर्फ

यसकारण मेस्सी फुटबलका ‘राजा’

एटलान्टा- अमेरिकामा जारी विश्वकपको दोस्रो सेमिफाइनलमा अर्जेन्टिनाले इन्जुरी समयमा अविश्वसनीय

स्वास्थ्य बीमा बोर्डद्वारा ३ सय ६८ अस्पताललाई २ अर्बभन्दा बढी भुक्तानी

काठमाडौं– स्वास्थ्य बीमा बोर्डले देशभरका ३६८ अस्पताल तथा स्वास्थ्य संस्थालाई

बागमती प्रदेशप्रमुखद्वारा दुई विधेयक प्रमाणीकरण

मकवानपुर– बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले प्रदेशसभाको हालैको बैठकबाट पारित