प्राधिकरण र नलगाड जलविद्युत कम्पनीबीच सम्झौता | Khabarhub Khabarhub

प्राधिकरण र नलगाड जलविद्युत कम्पनीबीच सम्झौता


२६ आश्विन २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– नेपाल विद्युत प्राधिकरण कर्णाली प्रदेश र नलगाड हाइड्रो पावर कम्पनीको बीचमा सम्झौता भएको छ । प्रदेश प्राधिकरण र नलगाड हाइड्रोपावर बीच विद्युत खरिद ,बिक्रीको सम्झौता भएको हो । 

नलगाड हाइड्रो पावरले निर्माण गर्न लागेको ७ मेगावाटको ताक्सुगाड जलविद्युत आयोजनाबाट उत्पादन हुने विद्युतको लागि सम्झौता भएको हो ।
ताक्सुगाड जलविद्युत आयोजना नलगाड जलविद्युत आयोजना निर्माणका लागि चाहिने आवश्यक पावरका लागि बनाउन लागिएको हो । 

उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले तासुगाड जलविद्युत आयोजनाबाट उत्पादन हुने विद्युतलाई केन्द्रिय विद्युत प्रसारण लाइनमा जोड्नका लागि नेपाल विद्युत प्राधिकरण कर्णाली प्रदेश कार्यालय र नलगाड हाइड्रोपावर कम्पनी बीच सुर्खेतमा सम्झौता पत्रमा हस्ताक्षर भएको बताए ।

ताक्सुगाड यसै आर्थिक वर्षमा निर्माण प्रक्रियामा जाने मन्त्री बस्नेतको भनाई छ । 

प्रकाशित मिति : २६ आश्विन २०८०, शुक्रबार  ७ : ५८ बजे

भोजपुरमा मतदाता नामावली सङ्कलनमा उत्साहजनक सहभागिता

भोजपुर- आगामी फागुन २१ गते तय भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई

नलिनिकान्तका ‘हेरिटेज इन्डिया’ काठमाडौँमा प्रदर्शन

काठमाडौँ- भारतको गुजरात राज्यका अग्रज छविकार (४५ वर्षदेखि फोटोग्राफीमा सक्रिय)

जेन-जी आन्दोलनका घटनामा ३७५ जना पक्राउ

काठमाडौँ- भाद्र २३ र २४ गते भएको जेन-जी आन्दोलनका क्रममा

सशस्त्र प्रहरी अस्पतालमा नर्सिङ अध्ययन सुरु

काठमाडौँ- सशस्त्र प्रहरी बल नेपालले स्वास्थ्य उपचारको क्षेत्रमा दक्ष जनशक्ति

एमाले अध्यक्ष ओली र झलनाथ खनालबीच भेटवार्ता

भक्तपुर– नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेकपा(समाजवादी)का सम्मानित