मुख्यमन्त्रीमा केदार कार्कीलाई समर्थन गर्ने सांसदलाई हस्ताक्षर फिर्ता लिन कोशी कांग्रेसको अनुरोध « Khabarhub

मुख्यमन्त्रीमा केदार कार्कीलाई समर्थन गर्ने सांसदलाई हस्ताक्षर फिर्ता लिन कोशी कांग्रेसको अनुरोध


२६ आश्विन २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


384
Shares
  • change font
  • change font
  • change font

विराटनगर- नेपाली कांग्रेस कोशी प्रदेश कार्यसम्पादन समितिले पार्टीका प्रदेशसभा सदस्य केदार कार्कीलाई मुख्यमन्त्रीमा समर्थन गर्ने सदस्यहरुलाई हस्ताक्षर फिर्ता लिन आग्रह गरेको छ ।

पार्टीको कोशी प्रदेश कार्यसम्पादन समितिको बैठकले मुख्यमन्त्रीमा केदार कार्कीलाई समर्थन गर्ने ८ सदस्यलाई हस्ताक्षर फिर्ता लिन आग्रह गरेको हो ।

बैठकले पार्टीलाई एकताबद्ध बनाउनका लाथि कोशी संसदीय दललाई अनुरोध गर्ने निर्णयसमेत गरेको छ ।

केन्द्रले केही निर्देशन दिएमा त्यसबारे निर्णय गर्ने अधिकार प्रदेश पदाधिकारीलाई दिने निर्णय पनि गरेको छ ।

पार्टीले मुख्यमन्त्रीमा नेकपा माओवादी केन्द्रका प्रदेशसभा सदस्य इन्द्र आङ्बोलाई समर्थन गर्ने निर्णय गरेको भएपनि कार्कीले पार्टीका ८ र नेकपा एमालेका सांसदको समर्थनमा दाबी पेश गरेका छन् ।

प्रकाशित मिति : २६ आश्विन २०८०, शुक्रबार  २ : १४ बजे

पक्राउ परेका व्यक्तिलाई जथाभावी हत्कडी नलगाउन सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं- सर्वोच्च अदालतले पक्राउ परेका व्यक्तिलाई बिनाकारण वा जथाभावी हत्कडी

टाइफुन ‘डुजुआन’ जापानतर्फ बढ्दै, सयौँ उडान रद्द

टोकियो- जापानतर्फ अघि बढिरहेको टाइफुन ‘डुजुआन’ का कारण सोमबार सयौँ उडान

बाढीपीडित नागरिकको सुरक्षा प्राथमिकतामा : मन्त्री बादी

काठमाडौं– महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री

सामाजिक-आर्थिक लोकतन्त्रबिना राजनीतिक लोकतन्त्रको अर्थ छैन : यादव

काठमाडौं– जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले सामाजिक

स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

सर्लाही– सर्लाहीको हरिवन नगरपालिकाको विभिन्न वडाक्षेत्रमा पछिल्लो समय स्यालको आक्रमणका