विपद् व्यवस्थापनमा सबै वर्गको प्रयास अपरिहार्य : गृहमन्त्री श्रेष्ठ « Khabarhub

विपद् व्यवस्थापनमा सबै वर्गको प्रयास अपरिहार्य : गृहमन्त्री श्रेष्ठ


२६ आश्विन २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले विपद् व्यवस्थापनमा सबैको साझा प्रयासको खाँचो रहेको बताएका छन् ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अन्तर्राष्ट्रिय विपद् न्यूनीकरण दिवसका अवसरमा आज काठमाडौँमा आयोजना गरेको कार्यक्रममा गृहमन्त्री श्रेष्ठले मानवीय कारणले धेरै समस्या सृजना भएको र मानवसिर्जित घटना बढिरहेकाले त्यसलाई घटाउन समाजका सबै वर्गको सामूहिक प्रयास अपरिहार्य भएको बताए ।

विपद् व्यवस्थापनलाई सरकारले विशेष ध्यान दिएको उनले बताए । प्राकृतिक विपत्तिका बेला अपाङ्गता भएका व्यक्तिहरु जोखिममा पर्ने भएकाले उनीहरुलाई त्यसबाट जोगाउने सामुदायिक स्तरमा काम हुनुपर्नेमा मन्त्री श्रेष्ठले जोड दिए ।

“सूचनाको माध्यमबाट प्रभावित परिवारलाई जोगाउनु पहिलो जिम्मेवारी हो । त्यसका लागि आवश्यक नीतिनिर्माण र प्रणालीको विकास गर्न जरुरी छ”, मन्त्री श्रेष्ठले भने ।

प्रकाशित मिति : २६ आश्विन २०८०, शुक्रबार  २ : ३५ बजे

अक्षय-सैफको ‘हैवान’को टिजर सार्वजनिक, को हिरो र को ‘हैवान’?

काठमाडौं- बलिउडका चर्चित अभिनेता अक्षय कुमार र सैफ अली खान

राष्ट्रियसभा : खाना पकाउने ग्याँसको कृत्रिम अभाव अन्त्य गर्न आग्रह

काठमाडौं– राष्ट्रियसभाका सदस्यहरूले खाना पकाउने ग्याँसको अभावमा नागरिकले खाना खानै

प्यूठानका छुट्टाछुट्टै खोला किनारमा भेटियो ५ जनाको शव

काठमाडौं– प्यूठानका विभिन्न खोला किनारमा बिहीबार बिहान पाँच जनाको शव

गगनप्रति नरम देखिएका देउवाको वक्तव्यका ७ सन्देश

काठमाडौं- नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले करिब पाँच महिना लामो

चोरी भएका ५० थान दुई पाङ्ग्रे सवारीसाधन धनीलाई हस्तान्तरण

काठमाडौं– काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले काठमाडौँ उपत्यकाभित्र विभिन्न