चन्द्रौटामा क्षयरोग उपचार केन्द्र सञ्चालन | Khabarhub Khabarhub

चन्द्रौटामा क्षयरोग उपचार केन्द्र सञ्चालन


२६ आश्विन २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


171
Shares
  • change font
  • change font
  • change font

चन्द्रौटा- औषधि प्रतिरोधक क्षयरोग डीआरटीबीका बिरामीको सङ्ख्या बढ्न थालेपछि कपिलवस्तुको चन्द्रौटामा उपचार केन्द्र सञ्चालनमा ल्याइएको छ । जिल्लाका क्षयरोगीको उपचारका लागि अन्य ठाउँमा जानुपर्ने बाध्यतालाई अन्त्य गर्न चन्द्रौटास्थित आधारभूत स्वास्थ्य सेवा अस्पतालमा केन्द्रको आज उद्घाटन गरिएको हो ।

लुम्बिनी प्रदेशमा चौथो र कपिलवस्तुमा पहिलो क्षयरोग उपचार केन्द्र चन्द्रौटामा स्थापना गरी सञ्चालन गरिएको राष्ट्रिय क्षयरोग कार्यक्रमका उपसचिव शरदकुमार शर्माले बताए । उनका अनुसार नेपालभर २३ डिआर सेवा ८६ उपकेन्द्र रहेका छन् ।

“सरकारले सन् २०२१ देखि २०२५ सम्म क्षयरोग उपचारका लागि रणनीति तयार पारिएको छ”, शर्माले भने, “उपचार केन्द्र र उपकेन्द्र गाउँस्तरमा स्थापना गर्ने उद्देश्यले प्रदेश र केन्द्र सरकारले योजना बनाइरहेको छ ।”

सेवा सञ्चालनमा आएसँगै क्षयरोग नियन्त्रणमा प्रभावकारी ढङ्गले अघि बढ्ने शिवराज नगरपालिकाका प्रमुख अजय थापाले बताए । कपिलवस्तुमा मात्र नभई छिमेकी जिल्लाका बिरामीलाई सहज हुने भएकाले यहाँ केन्द्र स्थापना गरिएको उनले बताए ।

अस्पतालका सेवालाई विस्तार गर्दै केही दिनमै २४सै घण्टा सेवा प्रवाह तथा शव परीक्षण गर्ने व्यवस्था मिलाइने थापाले जानकारी दिए । क्षयरोगका कतिपय बिरामीले समयमा औषधि सेवन नगर्ने गरेको पाइएकाले सबै बिरामीलाई निगरानी गर्नुपर्ने नगर उपप्रमुख शिवकुमारी थारूले बताइन् ।

डिआर उपचार केन्द्रबाट क्षयरोगको जाँच तथा निःशुल्क उपचार हुने नगरपालिकाका स्वास्थ्य शाखाका प्रमुख चुडामणि भट्टराईले बताए । “क्षयरोगका बिरामीको औषधिले काम गरे/नगरेको विषयको परीक्षण प्रयोगशालामा हुन्छ”, उनले भने, “नियमित औषधिले निको हुनेरनहुने अवस्थाबारे पनि अब थाहा पाउन सहज हुन्छ ।”

कपिलवस्तुमा प्रत्येक वर्ष क्षयरोगका बिरामी बढ्दै गएका छन् । तथ्याङ्कमा हेर्दा २०७५/७६ मा सात सय २७, २०७६/७७ मा पाँच सय ८५, २०७७/७८ मा छ सय ३३, २०७७/७८ मा छ सय ३३, २०७८/७९ मा नौ सय र २०७९/८० मा नौ सय १४ जनामा क्षयरोगको सङ्क्रमण रहेको छ ।

प्रकाशित मिति : २६ आश्विन २०८०, शुक्रबार  ५ : २८ बजे

राष्ट्रियसभा अध्यक्ष र समितिका सभापतिबीच छलफल

काठमाडौं– बदलिएको राजनीतिक परिस्थितिमा राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रियसभाका समिति

विनियोजित बजेटबाट १२० अर्ब बढी रुपैयाँ निकालिने, निर्वाचन र पुनर्निर्माणमा खर्च गरिने

काठमाडौं– अर्थमन्त्री रामेश्वर खनालले फागुन २१ मा गरिने संघीय संसद्को

गुल्मी अस्पतालका विशेषज्ञ चिकित्सकलाई प्रोत्साहन भत्ता

गुल्मी– रेसुङ्गा नगरपालिकाले विशेषज्ञ चिकित्सकहरूलाई प्रोत्साहन भत्ता उपलब्ध गराउँदै आएको

जेन-जी आन्दोलनमा भएको क्षतिग्रस्त संरचना पुन:निर्माणमा लक्ष्मी टेक्नोप्लास्ट सघाउने

काठमाडौं– जेन-जी आन्दोलनका क्रममा भौतिक संरचनामा भएको क्षति पुन:र्निर्माणमा ओम शिवम पाइप्स

लिबियाको तटमा डुङ्गा डुब्दा ६१ आप्रवासी बेपत्ता

एजेन्सी– संयुक्त राष्ट्रसङ्घीय शरणार्थी उच्चायुक्त (युएनएचसिआर) ले लिबियाको पूर्वी तटमा