तीर्थस्थल हनुमानघाटमा श्राद्ध गर्नेको घुइँचो « Khabarhub

तीर्थस्थल हनुमानघाटमा श्राद्ध गर्नेको घुइँचो


२७ आश्विन २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


150
Shares
  • change font
  • change font
  • change font

भादगाउँ– भक्तपुरको पवित्र तीर्थस्थल हनुमानघाटमा आज स्रोहश्राद्ध गर्नेको घुइँचो लागेको छ । आश्विन कृष्णपक्ष सुरु भएसँगै १६ दिनसम्म गरिने श्राद्धको अन्तिम पितृपक्षका दिन दिवङ्गत हुनुभएका आफन्तहरूको नाममा पिण्डदान गर्नेको घुइँचो छ ।

हनुमानघाट क्षेत्रमा मृतकका नाममा पिण्डदान गरे दिवङ्गतको आत्माले मोक्ष प्राप्ति गर्ने धार्मिक विश्वासले भक्तपुरका नगरवासी हनुमानघाट क्षेत्रमा आई स्रोह्रश्राद्ध गर्न आउने पुरोहित गोविन्दराज राजोपाध्ययले जानकारी दिए । 

उनले, ‘पितृपक्षमा गरिने स्रोह्रश्राद्ध  हनुमानघाट क्षेत्रमा गरी हनुमन्ते नदीमा पिण्डदान गरी सेलाए आफ्नो पूर्वज दिवङ्गतले मात्र नभएर दूरदराजका आफन्त र छरछिमेकका दिवङ्गत आत्मालाई समेत मोक्ष प्राप्त हुन्छ ।’   

पुरोहित राजोपाध्ययका अनुसार नेवार समुदायमा सोह्रश्राद्ध गर्नुको छुट्टै महत्व रहेको छ । यो श्राद्ध नगरे कुलदेवताको पूजा गरी भोजन गर्नु हुँदैन भन्ने धार्मिक मान्यता अहिले पनि छ । वर्ष दिनमा गरिने कुनै पनि शुभकार्यको थालनीका लागि पनि यो श्राद्ध गरिन्छ ।

त्रिवेणी घाटका रुपमा हनुमानघाटलाई लिने गरिन्छ । आजको दिन त्यहाँ स्नान गरी स्रोह्रश्राद्ध गर्नाले पाप नष्ट हुनुका साथै दिवङ्गतले सजिलै वैकुण्ठ बास पाउँछन् भन्ने धार्मिक विश्वास रहेको छ । 

प्रकाशित मिति : २७ आश्विन २०८०, शनिबार  २ : १३ बजे

लालझाडी कप फुटबल प्रतियोगिता मङ्सिर ३ गतेदेखि

कञ्चनपुर– कञ्चनपुरमा आगामी मङ्सिर ३ गतेदेखि दशौँ संस्करणको लालझाडी कप

मंगलबार भगवान गणेशको पूजा गर्नुहोस्

काठमाडौँ– मंगलबार गणेशको पूजा, अर्चना र व्रत बस्दा राम्रो फल

एनपीएलमा आज दुई खेल : विराटनगर र चितवन तथा कर्णाली र जनकपुर खेल्ने

काठमाडौँ – नेपाल प्रिमियर एनपीएलमा मंगलबार दुई खेल हुँदैछन् ।

नोबेल शान्ति पुरस्कार नपाएपछि ट्रम्पले भने : नर्वे वास्तवमै फोहोर राज्य बन्यो

पोर्ट ह्युरन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नर्वेका आप्रवासीलाई अमेरिकामा

विदेश पठाउन लागिएको एक हजार प्याकेट चुरोट बरामद

काठमाडौं – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको कार्गो कम्प्लेक्स भवनबाट आवश्यक कागजपत्रबिना