तीर्थस्थल हनुमानघाटमा श्राद्ध गर्नेको घुइँचो « Khabarhub

तीर्थस्थल हनुमानघाटमा श्राद्ध गर्नेको घुइँचो


२७ आश्विन २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


150
Shares
  • change font
  • change font
  • change font

भादगाउँ– भक्तपुरको पवित्र तीर्थस्थल हनुमानघाटमा आज स्रोहश्राद्ध गर्नेको घुइँचो लागेको छ । आश्विन कृष्णपक्ष सुरु भएसँगै १६ दिनसम्म गरिने श्राद्धको अन्तिम पितृपक्षका दिन दिवङ्गत हुनुभएका आफन्तहरूको नाममा पिण्डदान गर्नेको घुइँचो छ ।

हनुमानघाट क्षेत्रमा मृतकका नाममा पिण्डदान गरे दिवङ्गतको आत्माले मोक्ष प्राप्ति गर्ने धार्मिक विश्वासले भक्तपुरका नगरवासी हनुमानघाट क्षेत्रमा आई स्रोह्रश्राद्ध गर्न आउने पुरोहित गोविन्दराज राजोपाध्ययले जानकारी दिए । 

उनले, ‘पितृपक्षमा गरिने स्रोह्रश्राद्ध  हनुमानघाट क्षेत्रमा गरी हनुमन्ते नदीमा पिण्डदान गरी सेलाए आफ्नो पूर्वज दिवङ्गतले मात्र नभएर दूरदराजका आफन्त र छरछिमेकका दिवङ्गत आत्मालाई समेत मोक्ष प्राप्त हुन्छ ।’   

पुरोहित राजोपाध्ययका अनुसार नेवार समुदायमा सोह्रश्राद्ध गर्नुको छुट्टै महत्व रहेको छ । यो श्राद्ध नगरे कुलदेवताको पूजा गरी भोजन गर्नु हुँदैन भन्ने धार्मिक मान्यता अहिले पनि छ । वर्ष दिनमा गरिने कुनै पनि शुभकार्यको थालनीका लागि पनि यो श्राद्ध गरिन्छ ।

त्रिवेणी घाटका रुपमा हनुमानघाटलाई लिने गरिन्छ । आजको दिन त्यहाँ स्नान गरी स्रोह्रश्राद्ध गर्नाले पाप नष्ट हुनुका साथै दिवङ्गतले सजिलै वैकुण्ठ बास पाउँछन् भन्ने धार्मिक विश्वास रहेको छ । 

प्रकाशित मिति : २७ आश्विन २०८०, शनिबार  २ : १३ बजे

रास्वपा महाधिवेशन स्थलको अनुगमनमा गृहमन्त्री

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशन

रास्वपाको महाधिवेशनमा ४ विपक्षी दलका नेता सहभागी हुँदै 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशनको उद्घाटन सत्रमा ४ विपक्षी

बैंकको सीईओ एक्लैको तलब सबै कर्मचारीले पाउने तलबको २ देखि ३ प्रतिशतसम्म

काठमाडौं– नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी

उत्तरी थाइल्याण्डमा रेलवे सुरुङ निर्माणका क्रममा दुर्घटना, दुईको मृत्यु

बैङ्कक– उत्तरी थाइल्याण्डमा निर्माणाधीन रेलवे सुरुङभित्र भारी उपकरण खस्दा दुई

सवारी दुर्घटनामा २३ जना घाइते

बाजुरा– साँफे–मार्तडी राजमार्गअन्तर्गत  बुढीगङ्गा नगरपालिका–१० रिठा बजार नजिक आज बस दुर्घटना