अक्सिजन प्लान्ट हस्तान्तरण « Khabarhub

अक्सिजन प्लान्ट हस्तान्तरण


२७ आश्विन २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को आर्थिक सहयोगमा निर्मित अक्सिजन प्लान्ट भरतपुर अस्पताललाई हस्तान्तरण गरिएको छ । अस्पतालको पूर्वाधारमा ५० एमएम क्युब क्षमताको अक्सिजन प्लान्ट जडान गरिएको हो ।

एनआरएनएले अस्पताललाई स्वामित्व हस्तान्तरणसहित प्लान्टको उद्घाटन गरेको छ । एनआरएनएका महासचिव डा केशव पौडेलले भरतपुर अस्पताल विकास समितिका अध्यक्ष राजु पौडेल र अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट प्रा डा कृष्णप्रसाद पौडेललाई अक्सिजन प्लान्टको स्वामित्व हस्तान्तरण गरे। प्लान्ट छ महिनाअघिदेखि सञ्चालनमा आएको भए पनि हस्तान्तरण भने अहिले गरिएको हो ।

अस्पतालमा निर्माण गरिएको प्लान्टको लागत रू ९४ लाख रहेको भरतपुर अस्पतालका प्रवक्ता डा गोविन्द कँडेलले जानकारी दिए । अक्सिजनमा परनिर्भर अस्पताल प्लान्ट सञ्चालनमा आएसँगै आत्मनिर्भर बनेको मेडिकल सुपरिटेन्डेन्ट प्रा.डा पौडेलले जानकारी दिए । कोरोनाले अक्सिजनको महत्व सिकाएको बताउँदै उनले हाल अस्पतालमा दैनिक दुई सय ५० सिलिन्डर उत्पादन गर्ने क्षमताका प्लान्ट स्थापना गरिएको जानकारी दिए ।

कोभिडको समयमा अक्सिजनको अभावलाई मध्यनजर गर्दै दीर्घकालीन समाधानका लागि बिरामीको चाप रहेको भरतपुर अस्पतालमा प्लान्ट स्थापना गरिएको एनआरएनएका महासचिव पौडेलले बताए । एनआरएनएले सातै प्रदेशमा अक्सिजन प्लान्ट स्थापना गर्ने योजनाअनुरूप बागमती प्रदेशमा केन्द्रीय अस्पतालका रुपमा रहेको भरतपुर अस्पताललाई छनोट गरेको उनको भनाइ थियो ।

भरतपुर अस्पताल विकास समितिका अध्यक्ष राजु पौडेलले गैरआवासीय नेपाली सङ्घले अस्पतालप्रति देखाएको चिन्ता र सद्भावका लागि आभार व्यक्त गरे। ‘अस्पतालमा हाल दैनिक प्लान्टबाट एक सय ७५ सिलिन्डर अक्सिजन उत्पादन भइराखेको छ’, उनले भने , ‘यसअघि ५० देखि ७० सिलिन्डर बाहिरबाट किनेर ल्याउनुपर्ने बाध्यता रहे पनि प्लान्ट सञ्चालनमा आएसँगै परनिर्भरता अन्त्य भएको छ ।’

अक्सिजन आफैँ उत्पादन गर्न थालेपछि दैनिक रू ६१ हजार बचत भएको अस्पतालले जनाएको छ । अहिले नयाँ प्लान्ट मात्र सञ्चालन गरिएको छ । पुरानो प्लान्टबाट पनि उत्पादन गरेर अक्सिजन बिक्री गर्न सकिने अवस्थामा अस्पताल पुगेको छ । अस्पतालमा अब लिक्विडसहित तीन अक्सिजन प्लान्ट रहेका छन् ।

प्रकाशित मिति : २७ आश्विन २०८०, शनिबार  ७ : २१ बजे

पृथ्वी राजमार्ग अवरुद्ध भएपछि नयाँ बसपार्कभित्रै रोकिए सवारीसाधन (तस्बिरहरू)

काठमाडौँ– पृथ्वी राजमार्ग अवरुद्ध भएपछि गोङ्गबुस्थित नयाँ बसपार्कबाट बाहिरिने लामो

काभ्रेमा दुई हजार ६०० मतदाता घटे

काभ्रे– जिल्ला निर्वाचन कार्यालय काभ्रेले मतदाता नामावली अद्यावधिक गरेको छ

भारतीय युट्युबर ध्रुव राठी पक्राउ

काठमाडौँ– भारतका चर्चित राजनीतिक युट्युबर ध्रुव राठी पक्राउ परेका छन्

सोह्र श्राद्धको अन्तिम दिन पशुपतिनाथ परिसरमा पिण्डदान गर्नेको भीड (तस्बिरहरू)

काठमाडौँ– आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा

परराष्ट्रमन्त्री खनाल र अष्ट्रेलियाकी गभर्नर–जनरल मोस्टिनबीच भेटवार्ता

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनाल र अष्ट्रेलियाका गभर्नर–जनरल साम मोस्टिनबीच भेटवार्ता