हिलो र पहिरोले लोकमार्ग बन्यो ‘धराप’ « Khabarhub

हिलो र पहिरोले लोकमार्ग बन्यो ‘धराप’


९ श्रावण २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पर्वत– पर्वतका दुई लोकमार्गमा वर्षायाम शुरु भएदेखि नै हिलो र पहिरोको सास्ती बढेको छ ।

मध्यपहाडी (पुष्पलाल) लोकमार्ग धवलागिरिवासीको ‘लाइफलाइन’ सडक हो तर यतिबेला यही सडक धवलागिरिका चार जिल्लावासीका लागि धराप बनेको छ । त्यस्तै अर्को राष्ट्रिय गौरवको योजना कालीगण्डकी लोकमार्गमा पनि उस्तै अवस्था छ ।

गत १४ महीनायता पर्वतको मालढुङ्गादेखि कास्कीको विन्ध्यवासिनीसम्मको करीब ६५ किलोमिटर दूरीको यो सडक स्तरोन्नतिको चरणमा छ ।

स्तरोन्नतिका क्रममा सडक फराकिलो पार्न खनिएको माटो र अव्यवस्थितरूपमा छेउमा थुपारिएको गेग्र्यानका कारण यात्रुका लागि सडक धराप बन्दै गएको छ । त्यति मात्रै होइन, सडक फराकिलो पार्न साँघुरो क्षेत्रमा ठुल्ठूला ‘ब्रेकर’ फुटाइएकाले पहिरो खस्ने क्रम बढेपछि यात्रा निकै जोखिमपूर्ण बन्दै गएको छ ।

सडकमा साना–ठूला सवारी चाप बढ्दो छ । मध्यपहाडी लोकमार्गका ठाउँठाउँमा यतिबेला दैनिकजसो खस्ने पहिरोले सवारीसाधनमा यात्रा गर्ने त्रसित हुन्छन् । “हिँड्दाहिँड्दै भ्याप्लेखोला नजिकै ठूलो पहिरो खस्यो”, कुश्माका गोपी सुवेदीले भने, “सडक तीन घण्टा खुलेन, पोखरा पुग्दा मध्यरात भयो ।”

राजमार्गमा पहिरो खसेको एक घण्टाभित्रै खुलाउने गरी मध्यपहाडी आयोजनाले ठेकेदार कम्पनीलाई जिम्मा दिएको भए पनि घण्टौँसम्म ठेकेदार कम्पनीले बाटो खुलाउन बेवास्ता गर्ने यात्रुको गुनासो छ ।

मनसुन शुरु भएसँगै राजमार्ग फराकिलो पार्न खनेको माटो र गेग्र्यान सडकभरि छिरलिएको छ । त्यो सफा नगर्दा साना सवारीसाधन सडकमै पुरिन्छन । “धेरैपटक गुड्दागुड्दै ट्याक्सी पुरिएका छन्”, ट्याक्सी व्यवसायी भीम क्षेत्रीले भने, “पानी पर्दा हिँडिसाध्य छैन ।” सामान्यतया डेढदेखि दुई घण्टाको कुश्मा–पोखराको यात्रा अहिले पाँच घण्टाभन्दा बढी समय लाग्ने उनले बताए ।

सडकको कुश्मादेखि बेतेनी र कास्कीको नागडाँडाको केही भाग तथा फेदीदेखि याम्दीसम्मको सडकमा साना सवारीलाई निकै जोखिम भएको उनले बताए ।

कास्कीकै नागडाँडादेखि सराङकोट हुँदै विन्ध्यवासिनी निस्किने वैकल्पिक सडक भए पनि उक्त सडकमा बेला–बेलामा ट्राफिकले दुःख दिने गरेको व्यवसायीको गुनासो छ । सरकारीस्तरबाटै हुने यस्तो ज्यादतीबाट धवलागिरिका यातायात व्यवसायी आजित बनेका छन् ।

सराङकोट हुँदै पोखरा पुग्ने नागडाँडा–सराङोट–विन्ध्यवासिनी सडक मूल सडकभन्दा सात किलोमिटर छोटो र सजिलो भए पनि ट्राफिककै कारण जान नसकिएको साना सवारी चालकको गुनासो छ ।

गत असारसम्म मुख्य सडक कालोपत्र सक्ने लक्ष्यका साथ काम गरेको मध्यपहाडी आयोजनाले भने विभिन्न बहाना बनाउँदै बेला–बेलामा काम रोक्दै आएको छ । गत वैशाखयता वन मन्त्रालय र विद्युत् प्राधिकरणले काम गर्ने वातावरण नबनाएको भन्दै आयोजनाले केही समय काम रोकेको थियो ।

आयोजनाको पर्वत कार्यालयका प्रमुख आशिष थापामगरले विद्युत् प्राधिकरणले सडकछेउका पोल हटाउन नमान्दा काममा ढिलाइ भएको बताउनभयो । त्यससँगै निर्माण सामग्री निकाल्न सामुदायिक वनले नदिँदा पनि समयमा काम नसकिएको उनको आरोप छ ।

उता कालीगगण्डकी लोकमार्गको अवस्था पनि दयनीय रहेको छ । बहुवर्षीय योजनाअन्तर्गत झण्डै एक दशकदेखि निर्माण भइरहेको उत्तर–दक्षिण जोड्ने सडक अझै सम्पन्न हुनसकेको छैन । सडक स्तरोन्नति नहुँदा वर्षायाममा ठप्पजस्तै हुने गरेको छ । यतिबेला सडकका अधिकांश भागमा पहिरो र हिलोका कारण सवारीसाधन सञ्चालन हुनसकेका छैनन् । सडक अवरुद्ध भएपछि दक्षिण पर्वतका तीन स्थानीय तहको सदरमुकामसँग सम्पर्क टुटेको छ । लोकमार्गको पर्वत खण्डअन्तर्गत श्रीकाङ, खबरा, कर्नास, लमाएलगायतका स्थानमा पहिरो र लेदोले सवारी गुडाउन समस्या छ ।

प्रकाशित मिति : ९ श्रावण २०७६, बिहीबार  ११ : ०८ बजे

आगामी वैशाख १२ देखि स्वयम्भू महोत्सव

काठमाडौं – काठमाडौं महानगरपालिकाले आगामी वैशाख १२ देखि स्वयम्भू महोत्सव

आइतबारदेखि वर्षा पश्चिमतिर विस्तार हुने

काठमाडौं – पछिल्लो तीन दिनदेखि नेपालको गण्डकीदेखि कोशीसम्म वर्षा भइरहेकामा

हाँडेभिर–बगरफाँट–भकिम्ली सडक स्तरोन्नति गरिँदै

म्याग्दी – ट्र्याक खुलेको १८ वर्षपछि हाँडेभिर–बगरफाँट–दुधेखोला हुँदै भकिम्ली जोड्ने

गोरखा दुर्घटना अपडेट : ज्यान गुमाउने सातै जना भारतीय नागरिक

गोरखा – मनकामना मन्दिर दर्शन गरेर फर्कँदै गरेका तीर्थयात्री चढेको

अमेरिकी सेनाका उच्च अधिकारी जनरल भोवेल आइतबार काठमाडौं आउँदै

काठमाडौं – अमेरिकी सेना प्रशान्त (युएसएआरपीएसी) का उप–कमाण्डिङ जनरल जोएल