गण्डकी प्रदेशस्तरीय चौथो अन्तर बैंक फुटसल प्रतियोगिता सम्पन्न « Khabarhub

गण्डकी प्रदेशस्तरीय चौथो अन्तर बैंक फुटसल प्रतियोगिता सम्पन्न


२८ आश्विन २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

पोखरा– नेपाल राष्ट्र बैंक कर्मचारी संघ पोखरा समितिद्वारा आयोजित गण्डकी प्रदेशस्तरीय अन्तर बैंक फुटसल प्रतियोगिताको चौथो संस्करण सम्पन्न भएको छ । उक्त फुटसल प्रतियोगितामा गण्डकी प्रदेशस्थित बैंक तथा वित्तीय संस्थाका पुरुषतर्फ ३२ समूह र महिलातर्फ १६ समूह गरी कुल ४८ समूहको सहभागिता रहेको थियो । पोखराको गणेश टोलस्थित स्पोर्टस् क्यासलको फुटसल मैदानमा आयोजित उक्त प्रतियोगिता असोज २६ र २७ गते गरी दुई दिनसम्म चलेको थियो ।

नेपाल राष्ट्र बैंक कर्मचारी संघ केन्द्रीय समितिका अध्यक्ष गीता पोख्रेल लम्साल प्रतियोगिताको प्रमुख अतिथि रहेकी थिइन् । साथै उक्त प्रतियोगितामा नेपाल राष्ट्र बैंक र बैंकर्सबिच मैत्रिपूर्ण खेल समेत सञ्चालन भएको थियो ।

प्रतियोगिताको महिला तर्फको फाइनल खेलमा नेपाल राष्ट्र बैंकले पोखरा फाइनान्स लिमिटेडलाई ४–० गोल अन्तरले पराजित गर्दै विजेता बनेको थियो । त्यसैगरी, पुरुष समूहतर्फ प्रभु बैंक लिमिटेडले नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडलाई १–० गोल अन्तरले पराजित गर्दै प्रतियोगिताको विजेता बनेको थियो ।

प्रतियोगितामा महिला समूहतर्फ नेपाल राष्ट्र बैंककी विनिता पराजुली र सकुन्तला सापकोटा तथा पोखरा फाइनान्सकी यमुना गुरुङले क्रमशः उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलरक्षकको उपाधी जित्न सफल भएका थिए । प्रतियोगिताको पुरुषतर्फ प्रभु बैंकका रोहन खड्काले उत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्ता तथा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका सुजन केसीले उत्कृष्ट गोलरक्षकको उपाधी जित्न सफल भए ।

प्रतियोगितको पुरस्कार वितरण समारोहमा नेपाल राष्ट्र बैंक पोखराका निर्देशक आर्या जोशी, नेपाल राष्ट्र बैंक कर्मचारी संघ केन्द्रीय समितिका अध्यक्ष गीता पोख्रेल लम्साल, महासचिव कृष्णप्रसाद खराल, सहकोषाध्यक्ष रमेश खतिवडा, नेपाल राष्ट्र बैंक, पोखराका उपनिर्देशकहरु सम्झना ढकाल, नवीना ढकाल, पुष्कर सुर्खाली, सुदीप त्रिपाठी तथा गभर्नरको कार्यालयका उपनिर्देशक इन्द्रत्रिविक्रम पहारी, बैंकर्स एसोसियसन गण्डकी प्रदेश कमिटिका उपसंयोजक सूर्यप्रसाद तिवारी, डेभलपमेण्ट बैंकर्स एसोसियसन गण्डकी च्याप्टरका संयोजक शंकर केसीको उपस्थिति रहेको थियो । उक्त पुरस्कार वितरण समारोहको अध्यक्षता नेपाल राष्ट्र बैंक कर्मचारी संघ पोखरा समितिका अध्यक्ष अर्जुनराज तिवारीले गरेका थिए भने सञ्चालन उपाध्यक्ष जितेन्द्रराज शाक्यले गरेका थिए ।

प्रकाशित मिति : २८ आश्विन २०८०, आइतबार  ३ : ३१ बजे

विश्वकपबाट जर्मनी बाहिरिएसँगै प्रशिक्षक नागेल्सम्यानले दिए राजीनामा

काठमाडौं – फिफा विश्वकप २०२६ मा अपेक्षाअनुसार प्रदर्शन गर्न नसकेपछि

गदुल्ला जलविद्युत् आयोजनाको सुरुङ निर्माण सुरु, ऊर्जामन्त्री श्रेष्ठद्वारा शुभारम्भ

काठमाडौं – डोल्पा जिल्लामा निर्माणाधीन १०६ मेगावाट क्षमताको जगदुल्ला अर्धजलाशययुक्त

नवनिर्मित जालपादेवी मन्दिरमा क्षमा पूजासहित गर्भगृहमा मूर्ति राखियो

सुदूरपश्चिम – कैलालीको मोहन्याल गाउँपालिका–७ राजकाँडास्थित नवनिर्मित जालपादेवी मन्दिरमा विशेष

पर्यटन मन्त्रालयद्वारा पाँच निकायमा नयाँ पदाधिकारी नियुक्त, को कहाँ ?

काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आफू मातहतका

खुला प्रतिस्पर्धाबाट छनोट भएका सात विश्वविद्यालयका उपकुलपतिले लिए शपथ

काठमाडौं – देशका विभिन्न विश्वविद्यालयमा नियुक्त भएका नयाँ उपकुलपतिहरूले पद