प्रधानमन्त्री प्रचण्ड भोलि धनगढी जाने, यस्तो छ कार्यतालिका « Khabarhub

प्रधानमन्त्री प्रचण्ड भोलि धनगढी जाने, यस्तो छ कार्यतालिका


२८ आश्विन २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भोलि कैलालीको धनगढी जाने भएका छन् ।

समाजवादी मोर्चाको भेलालालाई सम्बोधन गर्न प्रचण्ड भोलि बिहान सवा नौ बजे श्री एयरको उडानबाट धनगढी पुग्ने कार्यतालिका रहेको छ ।

उनी धनगढीबाट सीधै लम्की प्रस्थान गर्नेछन् । लम्कीमा माओवादी प्रदेश उपाध्यक्ष स्वर्गीय महेश बडुवालको स्मृतिमा आयोजित श्रद्धाञ्जली सभामा सहभागी भएर प्रधानमन्त्री प्रचण्डले घोडाघोडी नगरपालिकाको प्रशासनिक भवनको उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

१२ देखि १ बजेको बीचमा गौरीगङ्गा नगरपालिकाको भवन उद्घाटन गरेर उनले करिब दुई बजे धनगढीमा समाजवादी मोर्चाको भेलाई सम्बोधन गर्नेछन् । भोलि नै बेलुकी साढे पाँच बजे उनी श्री एयरलाइन्सको उडानबाटै काठमाडौं फिर्ता हुने कार्यतालिका रहेको छ ।

प्रकाशित मिति : २८ आश्विन २०८०, आइतबार  ७ : ३० बजे

आईसीयूमा उपचाररतसँग अन्तर्वार्ताबारे काउन्सिलले भन्यो, ‘जानकारीमा आयो, अनुगमन गर्दैछौँ

काठमाडौं- रसुवाको भोटेकोशीमा गत भदौ १० गते गएको बाढीमा परेर

गुल्मीमा खोलाले बगाएकी महिलाको शव फेला

गुल्मी- स्थानीय निस्ती खोलाले बगाएर बेपत्ता भएकी मुसिकोट नगरपालिका–५ की

प्रधानमन्त्रीलाई भेटेलगत्तै सिंहदरबारबाटै पक्राउ परे नुवाकोटको किस्पाङ गाउँपालिका अध्यक्ष

काठमाडौं- नुवाकोटको किस्पाङ गाउँपालिकाका अध्यक्ष वीरबल तामाङ सोमबार सिंहदरबारबाटै पक्राउ

कांग्रेसको विवाद चर्किँदै : देउवा पक्षले भन्यो, ‘असोज ३ देखि हुने महाधिवेशनमा सहभागी नहुनू’

काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र देखिएको विवाद थप

तीज : पशुपतिनाथमा महिला दर्शनार्थीको घुइँचो

काठमाडौं- तीजका अवसरमा आराध्यदेव भगवान् श्री पशुपतिनाथ मन्दिरमा १० बजेपछि