चुनावको होइन, देशको चिन्ता गरौँ : विश्वप्रकाश शर्मा « Khabarhub

चुनावको होइन, देशको चिन्ता गरौँ : विश्वप्रकाश शर्मा


२८ आश्विन २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले राजनीतिक दलहरुले मिसन २०८४ नभई देश बनाउने मिसनमा लाग्नुपर्ने बताएका छन् ।

नेपाली काँग्रेस भक्तपुर नगर समितिको १४ औँ नगर सम्मेलनको आज उद्घाटन गर्दै उनले केही राजनीतिक दल र नेताहरुले मिसन २०८४ को नारा दिएर लोकतान्त्रिक व्यवस्थाकै खिल्ली उडाएको बताए ।

“मिसन २०८४ को नारा दिएर अहिले केही दल र व्यक्तिले यो व्यवस्थालाई नै खिल्ली उडाउने प्रयास गरिरहेका छन्, हामीले अब चुनावको चिन्ता होइन, देशको चिन्ता गर्नुपर्छ, यस्ता चुनावी मिसन त हामीले २०४६ सालदेखि अहिलेसम्म धेरै लडिसक्यौँ,” महामन्त्री शर्माले भने, “म सम्पूर्ण लोकतान्त्रिक शक्तिलाई के भन्न चाहन्छु भने चुनाबको अब चिन्ता छाडौँ, देशको चिन्ता गरौँ, देश बनाउने साझा मुद्दामा लागौँ ।”

हामीले भ्रष्टाचार रोकथाम गर्ने कानून बनायौँ तर कानून बनाउने नै अख्तियारमा पुगेर सजाय भोग्दा पनि कांग्रेसले स्वागतनै गर्यो त भन्दै उनले विधि र पद्धतिमा मुलुक चल्नु पर्छ, भन्ने पक्षमा आफू रहेको बताए । हामीले गरेको राम्रा कामलाई देखाउन पनि सकेनौँ, हामीबाट भएको गल्ती र कमजोरीको जिम्मेवारी पनि लिन नसकेको उल्लेख गर्दै उनले जिम्मेवारी लिनुपर्ने बताए ।

कांग्रेसका केन्द्रदेखि गाउँ तहसम्मका नेता तथा कार्यकर्ताले बाटो बिराएको हो कि भन्ने गुनासो बढिरहेको सुनाउँदै महामन्त्री शर्माले राष्ट्रियता र संसदीय व्यवस्थाको विपक्षमा पार्टीले कुनै पनि सम्झौता नगर्ने बताए । कार्यक्रममा कांग्रेसका बागमती प्रदेश सभापति इन्द्र बानियाँ, पार्टीका भक्तपुर सभापति एवं प्रतिनिधिसभा सांसद दुर्लभ थापालगायतले कांग्रेसलाई गाउँ, नगर र जिल्ला तहबाटै मजबुद बनाएर लैजान कांग्रेस एक हुनुपर्ने बताए ।

प्रकाशित मिति : २८ आश्विन २०८०, आइतबार  ९ : ३१ बजे

आत्मदाह प्रयासबाट घाइते चौधरीको मृत्यु

कैलाली– आत्मदाहको प्रयासपछि गम्भीर घाइते कैलालीको धनगढी उपमहानगरपालिका–७ की ३५

गायक अशोक दर्जीमाथि दुर्व्यवहार भएको भिडियो भाइरल

काठमाडौँ – चर्चित गायक तथा बालकलाकार अशोक दर्जीमाथि सडकमा कुटपिट

डा. गोविन्द केसी र सरकारबीच जुटेन सहमति आज पनि वार्ता

धनगढी- शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका पदाधिकारी नियुक्तिलगायतका विषयमा आमरण

साउनको दोस्रो सोमबार पशुपतिनाथ र डोलेश्वरमा भक्तजनको भीड (तस्बिरहरू)

काठमाडौँ– साउन महिनाको दोस्रो सोमबार पशुपतिनाथ, भक्तपुरको डोलेश्वरलगायत देशभरका शिवालयमा

सुनसरी झडपका घाइतेको नि:शुल्क उपचार र निष्पक्ष छानबिनका लागि स्वास्थ्यमन्त्रीको पहल

काठमाडौँ – स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले सुनसरीको