गोरखाको अजिरकोटमा खादा र प्लाष्टिकका बोतल प्रयोगमा निषेध | Khabarhub Khabarhub

गोरखाको अजिरकोटमा खादा र प्लाष्टिकका बोतल प्रयोगमा निषेध


२९ आश्विन २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

गोरखा– गोरखाको अजिरकोट गाउँपालिकामा पालिकाभित्र सार्वजनिक कार्यक्रममा खादा र प्लाष्टिकजन्य सामग्री प्रयोगमा निषेध गरिएकोे छ ।

गाउँपालिकाले पालिकाभित्र हुने सार्वजनिक कार्यक्रममा बाहिरबाट आयात गरेर ल्याइने खादा, प्लाष्टिकका बोतल र प्लाष्टिकजन्य सामग्री प्रयोगमा रोक लगाएको गाउँपालिका अध्यक्ष दीपक देवकोटाले जानकारी दिए ।

‘स्थानीयरुपमा कृषकले उत्पादन गरेका फूलको प्रयोगमा जोड दिँदै बाहिरबाट हुने आयातलाई रोक्न गाउँपालिकाले यस्तो निर्णय गरेको हो’, उनले भने, ‘अबदेखि पालिकाभित्र हरेक सार्वजनिक कार्यक्रममा खादाको सट्टामा स्थानीयस्तरमा उत्पादन हुने फूल र फूलबाट बनेका वस्तुलाई प्रयोगमा ल्याइनेछ ।’

अनावश्यक रुपमा खादाको प्रयोग बढ्दै जाँदा स्थानीयस्तरमा उत्पादित फूलले बजार नपाएर खेर जाने गरेको उनको भनाइ छ । खादा र प्लाष्टिकजन्य सामग्री भित्र्याउँदा पालिकाबाट एकातर्फ रकम बाहिरिने र अर्कोतर्फ किसानको उत्पादन, श्रम र पसिना खेर जाने अवस्था पनि आउने गरेकाले स्थानीय उत्पादनलाई प्राथमिकता दिने पालिकाको नीति तथा योजनाअनुसार यस्तो निर्णय गरिएको अध्यक्ष देवकोटाले बताए ।

‘अजिरकोट गाउँपालिका प्राकृतिक रुपमा एक भरिपूर्ण गाउँपालिका भएकाले यसको जङ्गलमा सप्तरङ्गी लालीगुराँसलगायतका अन्य विभिन्न प्रकारका फूल प्रसस्त रुपमा पाइन्छन्’, अध्यक्ष देवकोटाले भने, ‘तिनै उत्पादित फूलको अब भरपुर उपयोग गर्ने गरी योजना बनाएर काम गर्नुपर्छ, त्यसका लागि गाउाँपालिकाले चालेको पहिलो र महत्वपूर्ण निर्णय पनि हो ।’

गाउँपालिकाले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रमै पालिकाभित्रका सार्वजनिक कार्यक्रममा खादा र प्लाष्टिकजन्य सामग्री प्रयोगलाई हटाउने नीतिगत निर्णय गरेको थियो । सोही बमोजिम कार्यपालिकाको बैठक बसेर पालिकाभित्र खादा र प्लाष्टिकजन्य सामनमा पूर्णरुपमा रोक लगाउने निर्णय गरेको अध्यक्ष देवकोटाको भनाइ छ ।

निर्णयसँगै अब सार्वजनिक कार्यक्रममा प्लाष्टिकका बोतलको पानी र अन्य प्लाष्टिकजन्य सामानको प्रयोग पनि गर्न नपाइएको उनले बताए ।

पालिकाको निर्णयले पालिकामा पर्यावरण सुरिक्षत राख्न तथा अजिरकोटलाई स्वच्छ, सफा र हराभरा पनि सहयोग पुग्ने गाउँपालिकाले विश्वास लिएको अध्यक्ष देवकोटाले बताए ।

प्रकाशित मिति : २९ आश्विन २०८०, सोमबार  ९ : ५९ बजे

चितवनको गाईघाट दुर्घटनामा २१ जना घाइते

चितवन– भरतपुर महानगरपालिका– २९ गाइघाटमा सातवटा सवारीसाधन एकापसमा ठोक्किँदा २१

जिल्ला प्रशासन कार्यालय पर्वत देशभरिमै उत्कृष्ट

पर्वत– गृह मन्त्रालयको कार्यसम्पादन मूल्याङ्कनमा जिल्ला प्रशासन कार्यालय पर्वत देशभरिमै

बर्दिया र कैलालीको सान चिसापानी पुल (तस्बिरहरू)

कर्णाली– एउटा मात्रै पिल्लरबाट बनेको केबुल तारयुक्त पाँच सय मिटर

कांग्रेस केन्द्रीय समिति बैठकमा सदस्यहरूले धारणा राख्ने क्रम जारी रहने

काठमाडौं– नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दैछ ।

ग्रामीण सडक सञ्चालनमा आएपछि तिहारमा गाउँलेलाई सहज

बागलुङ– बागलुङका ग्रामीण सडक सञ्चालनमा आएपछि तिहारका बेला सर्वसाधारणलाई आवतजावत