नेपाल आँखा अस्पतालद्वारा निःशुल्क आँखा परीक्षण « Khabarhub

नेपाल आँखा अस्पतालद्वारा निःशुल्क आँखा परीक्षण


३० आश्विन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल आँखा अस्पताल त्रिपुरेश्वरले काठमाडौँ महानगरपालिकासँगको सहकार्यमा महानगरपालिका र  मातहतका जनप्रतिनिधि तथा वडा कार्यालयका चार सय २१  कर्मचारीको आँखा परीक्षण गरेको छ ।

काठमाडौँको राष्ट्रिय सभागृहमा आयोजित दुईदिने निःशुल्क आँखा शिविरमा आँखा जाँच गरिएको अस्पतालका प्रमुख कार्यकारी अधिकृत धर्मराज गोसाईँले जानकारी दिए ।

शिविरमा दुई सय जनालाई निःशुल्क पढ्न, लेख्न सहयोग हुने चश्मासमेत उपलब्ध गराइएको थियो । उनले आगामी दिनमा पनि आँखा परीक्षण कार्यक्रमलाई निरन्तरता दिने बताए ।

‘कार्यस्थलमा आँखालाई माया गरौँ’ भन्ने नाराका साथ यस वर्षको विश्व दृष्टि दिवसका अवसर पारेर अस्पतालले बालाजु औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयसँगको सहकार्यका बालाजु औद्योगिक क्षेत्रमा आयोजित शिविरमा पनि एक सय ६६ जनाको आँखा परीक्षण गरेको थियो ।

विश्व दृष्टि दिवसकै अवसरमा बारा जिल्लाको जितपुरसिमरा उपमहानगरपालिकासँगको सहकार्यमा जितपुरको औराहास्थित आँखा उपचार केन्द्रमा शल्यक्रियासहितको शिविर सञ्चालन गरिएकामा त्यहाँ पाँच सय २१ जनाको आँखा जाँच गरिएको पनि अस्पतालका प्रशासन प्रमुख रमेश अधिकारीले बताए । त्यहाँ एक सय चार जनाको मोतियाबिन्दुको शल्यक्रिया गरिएको थियो ।

आँखा अस्पतालले बाराकै जितपुर–सिमरा औराहा र कागेश्वरी नगरपालिकाका दुईवटा सामुदायिक विद्यालयमा विद्यार्थीका लागि विद्यालय आँखा स्वास्थ्य कार्यक्रमसमेत सञ्चालन गरी नौ सय ९३  विद्यार्थीको नेत्र परीक्षणका साथै चश्मासमेत उपलब्ध गराएको अस्पतालले जनाएको छ ।

प्रकाशित मिति : ३० आश्विन २०८०, मंगलबार  १० : १९ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै