तुलसीपुरमा औद्योगिक ग्राम निर्माण अलपत्र | Khabarhub Khabarhub

तुलसीपुरमा औद्योगिक ग्राम निर्माण अलपत्र


१ कार्तिक २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

तुलसीपुर– तुलसीपुर उपमहानगरपालिकाले केही समयअघि औद्योगिक ग्राम निर्माणका लागि जग्गा तयारी अवस्थामा राखेको छ । जग्गा अतिक्रमण तथा किनबेच गरेकाहरुबाट समेत उपमहानगरपालिकाले जग्गा फिर्ता ल्याए पनि अहिले त्यो जग्गा अलपत्र अवस्थामा छ । 

वडा नं १६ मा पर्ने ग्वारखोला किनारमा औद्योगिक ग्राम निर्माणका लागि कार्यपालिका बैठकले निर्णयसमेत गरेको थियो । अघिल्लो सरकारले औद्योगिक ग्रामका लागि सोही स्थान छनोट गरे पनि अझै काम अघि बढ्न सकेको छैन ।

 साना तथा मझौला उद्योगलाई प्रवर्द्धन गर्न सोही स्थानमा औद्योगिक ग्राम बनाउने गरी सोच अगाडि बढाइएको भए पनि त्यो कार्य अघि नबढेको उपमहानगरपालिकाका प्रवक्ता माधव वलीले बताएका छन् । 

‘ग्वारखोलाको निकास क्षेत्र जुन पहिले बगरका रुपमा थियो, त्यसलाई तटबन्ध गरेर निकास भएको जग्गा औद्योगिक ग्राम बनाउने कुरा भएको हो’, उनले भने, ‘औद्योगिक ग्रामकै लागि जग्गा ओगटेर बसेकाहरूबाट पनि जग्गा फिर्ता ल्याइयो, अब काम अघि बढ्छ ।’  

पछिल्लो समय आर्थिक सङ्कटले गर्दा पनि उद्योगको काम अघि बढ्न नसकेको हो । त्यसका लागि कार्यविधि निर्माण गर्ने गरी तयारी गरिएको प्रवक्ता वलीले बताए । ‘कार्यविधि बनाएर उद्योग खोल्न चाहनेलाई जग्गा भाडामा दिने गरी तयारी गरिएको छ’, उनले भने । त्यहाँको एक सय बिघा जग्गा औद्योगिक क्षेत्रका लागि छुट्याइएको छ । त्यहाँ फोहर व्यवस्थापन, खेलकुद मैदान, ढल व्यवस्थापनका लागि डिपिआर तयार भइसकेको छ । 

तुलसीपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष रामप्रसाद चालिसेले भने अझै पनि पक्का तटबन्ध निर्माण नभएको बताए । साथै त्यहाँको जग्गा अतिक्रमण गर्नेहरूले पनि छाड्न नमानेको उनको भनाइ छ । साथै त्यहाँ विद्युत् विस्तार पनि भएको छैन । 

औद्योगिक ग्राम स्थापना भएमा युवाहरूलाई स्वरोजगार गर्न सकिने युवा वीरबल खड्काले बताए । ‘अहिले महँङ्गो भाडा तिर्न सक्ने अवस्था छैन’, उनले भने, ‘त्यसैले औद्योगिक क्षेत्र निर्माण भएमा थोरै भाडा तिरे पनि हुने व्यवस्था गर्न सके युवाहरूलाई स्वरोजगार बनाउन सहज हुन्थ्यो ।’

प्रकाशित मिति : १ कार्तिक २०८०, बुधबार  २ : १७ बजे

राष्ट्रियसभा बैठक बस्दै

काठमाडौं– संघीय संसद्अन्तर्गत राष्ट्रियसभा बैठक बस्दैछ। बैठक दिउँसो सवा १

कांग्रेस संसदीय दलको बैठक बस्दै

काठमाडौं- नेपाली कांग्रेसले आज बिहान बस्ने गरि संसदीय कार्यसमिति र

जबरजस्ती करणीको जाहेरी परेपछि फरार एमाले नेता विदुर शर्मा

काठमाडौं– नेकपा एमाले दोलखाका नेता विदुर शर्मा फरार भएका छन्।

विश्वकपअघि नेपालले अमेरिका र क्यानडासँग अभ्यास खेल खेल्ने

काठमाडौं– नेपालले आईसीसी टी–२० विश्वकपअघि अमेरिका र क्यानडासँग अभ्यास खेल

देशका केही स्थानमा हावा हुरीसहित वर्षाको सम्भावना

काठमाडौं–  हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव