त्रिकोणात्मक टी–२० क्रिकेट सिरिजमा नेपालको शानदार सुरुवात, यूएई ७ विकेटले पराजित « Khabarhub

त्रिकोणात्मक टी–२० क्रिकेट सिरिजमा नेपालको शानदार सुरुवात, यूएई ७ विकेटले पराजित


१ कार्तिक २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


852
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिजअन्तर्गतको आफ्नो पहिलो खेलमा नेपालले यूएईलाई ७ विकेटले पराजित गरेको छ । बुधबार काठमाडौँको मूलपानी मैदानमा सम्पन्न खेलमा युएईले दिएको १४१ रनको लक्ष्य नेपालले १८ ओभर ५ बलमा ३ विकेटको क्षतिमा भेट्टायो ।

नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ५१ रन बनाए । त्यसैगरी, दीपेन्द्रसिंह ऐरीले ३४ र आशिफ शेखले २३ रन जोडे । त्यसअघि टस जितेर नेपालले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गर्न आएको यूएईले २० ओभरमा ७ विकेट गुमाएर १४० रन जोडेको थियो ।

नेपालका लागि करण केसीले ४ ओभरमा १९ रन दिएर ३ विकेट लिए । गुल्सन झाले ३ ओभरमा ११ रन दिएर २ विकेट लिए ।

सोमपाल कामी र अविनाश बोहाराले एक विकेट लिए । यूएईका लागि वसिल हमिदले ३८ बलमा १ चौका र ४ छक्कासहित सर्वाधिक ५१ रन बनाए ।

प्रकाशित मिति : १ कार्तिक २०८०, बुधबार  ४ : ३९ बजे

सरकारले विरोधीको आवाज थुन्न प्रतिशोध साँध्यो : किशोर श्रेष्ठ

काठमाडौं । पत्रकार किशोर श्रेष्ठले सरकारले विरोधीको आवाज थुन्ने नियतले

रिहा भए पत्रकार किशोर श्रेष्ठ (तस्बिरहरू)

काठमाडौं – सर्वोच्च अदालतको परमादेशपछि वरिष्ठ पत्रकार किशोर श्रेष्ठ सोमबार

दुर्गा प्रसाईंसँग वार्ता गर्न सरकारले बनायो चार सदस्यीय टोली

काठमाडौं – राजावादी अभियन्ता दुर्गा प्रसाईंसँग वार्ता गर्न सरकारले चार

हिरासतबाट छुटेपछि श्रेष्ठले भने : नमरेसम्म देखेको कुरा लेख्न छोड्दिनँ

काठमाडौं – अदालतको आदेशपछि पत्रकार किशोर श्रेष्ठ रिहा भएका छन्।

हिरासतबाट छुटे किशोर श्रेष्ठ, फेरि धरपकडको सम्भावना कायमै

काठमाडौं – पत्रकार किशोर श्रेष्ठ जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतबाट