ललितपुरका किसानलाई धान भित्र्याउने चटारो « Khabarhub

ललितपुरका किसानलाई धान भित्र्याउने चटारो


२ कार्तिक २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

ललितपुर– ललितपुरका खेतीयोग्य जमिनमा धान पहेँलै भएको छ। गत वर्षकोभन्दा यस वर्ष धान दशैँअघि नै भित्रयाउनुपर्ने भएकाले किसान खेतमा व्यस्त छन् । दशैँअघि नै धान भित्र्याउनु परेकाले किसानले कात्तिक सुरु हुनेबित्तिकै धान काट्न सुरु गरेका छन् । 

यस वर्ष पानी धेरै परेकाले गत वर्षकोभन्दा धान उत्पादनमा कमी आएको किसानको भनाइ छ । समयमै मल प्राप्त गर्न नसकेकाले बर्सेनि उत्पादनमा कमी आएको किसानको गुनासो छ । धानमा मल चाहिएका बेलामा बजारमा अभावको समस्या किसानले बर्सेनि झेल्दै आएका छन् ।

ललितपुरको महालक्ष्मीनगरपालिका–७ चारघरेमा किसान गुछेबहादुर महर्जन पाकेर भित्र्याउने समयमा पानी र असिनाले धान सखाप पार्छ कि भन्ने चिन्ता भएकाले धान भित्र्याउन थालिएको बताए । गत वर्षकोभन्दा यो वर्ष धान उत्पादनमा कमी आएको उनको भनाइ थियो । 

पानी धेरै पर्नु, समयमा मल हाल्न नपाउनुलगायत कारणले यस वर्षको उत्पादनमा कमी आएको महर्जनले जानकारी दिए। ‘खेती गर्ने किसानले समयमै मल पाउँदैनन् । किसानका लागि अन्य सेवासुविधा पनि छैन । त्यस कारणले पनि बर्सेनि उत्पादन घट्दै आएको छ’, उनले भने।

स्थानीय मन्दिला महर्जनको पनि यो वर्ष धान उत्पादनमा कमी आएको छ । उनले भने, ‘करिब दुई रोपनीमा धान लगाएका थियौँ । पानी धेरै परेकाले धानमा घाँस उम्रिएर उत्पादनमा कमी आएको छ ।’

दशैँअघि धान भित्र्याएपछि ढुक्कले दसैँ मनाउन पाउने किसान बताउँछन् । अहिले ललितपुरका बुङ्गमती, चारघरेलगायत खेतीयोग्य जमिनमा किसानलाई धान भित्र्याउने चटारो छ ।

प्रकाशित मिति : २ कार्तिक २०८०, बिहीबार  १ : ३४ बजे

कर्णालीमा स्याउ विकास बोर्ड गठनको तयारी

काँक्रेविहार– स्याउ उत्पादनलाई प्रवर्द्धन गर्ने उद्देश्यले कर्णाली प्रदेश सरकारले स्याउ

कङ्गोमा बिद्रोही आक्रमण, १४ जनाको मृत्यु

बेनी– अफ्रिकी मुलुक कङ्गोमा इस्लामिक समूहसँग सम्बन्धित विद्रोहीले तीन गाउँमा

जेन-जी आन्दोलन : ‘पसल पुगेर आउँछु’ भनेका निरज कहिल्यै फर्किएनन्…

काठमाडौं– पुरानो थातथलो बैतडीको दशरथचन्द–६ स्थायी ठेगाना भई एक दशकदेखि

मानुङ–पुलिमराङ अल्ट्रा म्याराथन हुने

दमौली– व्यास नगरपालिकाले सहिद दिवसको अवसरमा अल्ट्रा म्याराथन प्रतियोगिता आयोजना

म्याग्दीको मुनादेखि बागलुङको ढोरपाटन उपत्यकासम्म सवारी साधन पुग्यो

म्याग्दी– म्याग्दीको धवलागिरी गाउँपालिका हुँदै बागलुङको पर्यटकीय क्षेत्र ढोरपाटन उपत्यका