नेपालले गर्‍यो गाजामा सर्वसाधारणमाथि भइरहेकाे आक्रमणकाे निन्दा | Khabarhub Khabarhub

नेपालले गर्‍यो गाजामा सर्वसाधारणमाथि भइरहेकाे आक्रमणकाे निन्दा


२ कार्तिक २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाल सरकारले प्यालेस्टाइनको गाजा क्षेत्रमा सर्वसाधारणमाथि आक्रमण भइरहेको भन्दै निन्दा गरेको छ ।

परराष्ट्र मन्त्रालयले आज बिहीबार एक विज्ञप्ति प्रकाशित गर्दै गाजा क्षेत्रमा सर्वसाधारणमाथि भइरहेको आक्रमणको निन्दा गरेको हो ।

यस्तै मन्त्रालयले मङ्गलबार राति गाजामा रहेको अल अहरी अरब अस्पतालमा भएको आक्रमणको निन्दा गर्दै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गरेको छ । मन्त्रालयले घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना पनि गरेको छ ।

मन्त्रालयले विवादको समाधान शान्तिपूर्ण र वार्ताबाट गर्न आग्रह गर्दै भएको छ, ‘हामी नागरिकमाथि भएको आक्रमणबारे चिन्तित छौँ । विवादको शान्तिपूर्ण र वार्ताबाट समाधान गर्न आग्रह गर्दछौँ ।’

प्रकाशित मिति : २ कार्तिक २०८०, बिहीबार  ६ : १३ बजे

कुलमानले भने ः तलब-भत्ता सहिदको कोषलाई दिन्छु 

काठमाडौं – नवनियुक्त ऊर्जामन्त्री कुलमान घिसिङले तलब, भत्ता र सुविधाबापत

नाना, खाना, छाना गुमेको प्रहरी– ‘माओवादी युद्धमा पनि यस्तो ज्यादती भोगिएन’

काठमाडौं- जेनजी आन्दोलनका नाममा भएको हिंसात्मक प्रदर्शनले उग्ररुप लिएपछि धेरै

सिसिटिभी फुटेजसहित एनसेले दियो प्रहरीमा उजुरी

काठमाडौं– काठमाडौको लैनचौरस्थित एनसेलको मुख्य कार्यलय ‘एनसेल आइकन’मा २०८२ भदौ २४

बाढीले बुर्तिबाङ–पूर्वी रुकुम खण्ड अवरुद्ध

ढोरपाटन-  भीषण बाढीले मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । राष्ट्रिय

तारकेश्वर नगरपालिकाका कामकाज सञ्चालनमा

काठमाडौं-  जेन-जी युवाहरूको प्रदर्शनी र आगजनीका कारण क्षतिग्रस्त तारकेश्वर नगरपालिकाको