जुम्ला– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवाको भोटेकोशीमा गत भदौ १० गते आएको बाढीमा परी बेपत्ता भएका जुम्लाका ६३ जनाको यकीन विवरण सार्वजनिक गरेको छ ।
प्राधिकरणद्वारा जारी सार्वजनिक सूचीमा रहेका व्यक्ति जीवित रहेका वा फेला परेका भए सम्बन्धित व्यक्ति वा निजको एकाघरका परिवारका सदस्यलाई सात दिनभित्र दाबी पेस गर्न आग्रह गरिएको छ ।
प्राधिकरणले जिल्ला विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिबाट यकीन भएर आएका विवरणका आधारमा बेपत्ता व्यक्तिहरूको सूची सार्वजनिक गरेको हो ।














प्रतिक्रिया