दसैँमा समेत सुनसान छन् वीरगञ्जका पसल « Khabarhub

दसैँमा समेत सुनसान छन् वीरगञ्जका पसल


२ कार्तिक २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

वीरगञ्ज- बडादसैँ आएसँगै वीरगञ्ज बजारमा चहलपहल बढेपनि यहाँ सञ्चालित सबै पसल प्रायः सुनसान नै देखिन्छन् ।

सीमावर्ती भारतीय सहर रक्सौलबाट सहजै खरिद गरिएका लत्ताकपडा, खाद्यान्न तथा इलेक्ट्रिक, इलोट्रोनिक्सका सामान सहजै नेपाल भित्रिन थालेपछि वीरगञ्जको खुद्रा कारोबार घट्दै गएको व्यापारी बताउँछन् ।

भन्सारमा लाग्ने करले गर्दा वीरगञ्जको तुलनामा रक्सौल बजारमा केही वस्तुको मूल्य सस्तो छ । सस्तो भएकाले यहाँका ग्राहक रक्सौल बजारबाटै सामान खरिद गर्छन् । वीरगञ्ज बजारको कारोबार घट्दै गएको विद्युतीय खुद्रा कारोबारी दीपक सर्राफको भनाइ छ । उनले व्यापारको यस्तै अवस्था रहे छठपर्वपछि वीरगञ्जका आधी पसल बन्द हुने बताए ।

गत वर्षको दसैँभन्दा यसपालिको दसैँमा कारोबार अत्यन्त कम भएको कपडा व्यापारी पङ्कज रौनियारले सुनाए । दसैँतिहारका बेला सबैभन्दा बढी खरिद बिक्री हुने टिभी, फ्रिज, वासिङ मेसिनजस्ता इलोट्रोनिक्सका सामानको कारोबार गत वर्षको तुलनामा यस वर्ष ७० प्रतिशतले घटेको खुद्रा व्यापारी विकासकुमार अग्रवालले जानकारी दिए । उनले दिनप्रतिदिन खस्किँदै गएको खुद्रा कारोबारलाई जोगाउन सरकारले आर्थिक नीतिमा सुधार ल्याउन जरुरी रहेको बताए ।

कोरोना महामारीका कारण थलापरेको नेपाली अर्थतन्त्र राम्ररी तङ्ग्रिन नपाउँदै आएको आर्थिक मन्दीले समग्र नेपाली अर्थतन्त्र नै अप्ठ्यारोमा परेको बेला नेपाली अर्थतन्त्रलाई सही दिशातर्फ डोहोर्याउन सरकारले गम्भीरतापूर्वक पहलकदमी लिनुपर्ने व्यापारी बताउँछन् ।

प्रकाशित मिति : २ कार्तिक २०८०, बिहीबार  ७ : ४१ बजे

मनोहरा खोलामा बाढीको बहाव बढ्दा किनारका बस्तीमा त्रास (तस्बिरसहित)

भक्तपुर – सोमबार परेको वर्षाका कारण भक्तपुरस्थित मनोहरा खोलामा बाढीको

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा प्रहरीको ‘टिमुरे टु त्रिवेणी’ अभियान

काठमाडौं – नेपाल प्रहरीले भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रका नागरिकको दैनिकी

ट्राफिक सचेतना कार्यक्रमले सवारी दुर्घटना घट्यो

काठमाडौं – काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले सञ्चालन गर्दै आएको

सहयोग गर्ने नाममा गैरकानुनी रूपमा असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन

काठमाडौं – गृह मन्त्रालयले सहजीकरण एवं प्रभावकारी सेवा प्रवाहका सम्बन्धमा

तीजमा अप्रिय घटना रोक्न प्रहरी सक्रिय, ७७ जना नियन्त्रणमा

काठमाडौं – हरितालिका तीजका अवसरमा काठमाडौं प्रहरीले अवाञ्छित तथा आपराधिक