कसले गरिरेहको छ नेपाली फिल्ममा लगानी ? | Khabarhub Khabarhub

कसले गरिरेहको छ नेपाली फिल्ममा लगानी ?


९ श्रावण २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं – गत वर्षको तुलनामा यस वर्ष कम फिल्म रिलिज भएका छन् । रिलिज क्यालेन्डरमा पनि पातलो गरी बसेका छन् नेपाली फिल्म ।

केही स्थापित भइसकेका ब्यानर बाहेक अरु ब्यानर फिल्ममा लगानी गर्नेमा दोहोरिएका छैनन् । एउटा फिल्म बनाउने, टन्नै पैसा कमाउने र अर्को फिल्ममा लगानी गर्ने सपना देखेर यो क्षेत्रमा भटाभट लगानी गरिरहेका निर्माताहरु उसरी नै डुबिरहेका छन् ।

डुबानमा परेर उनीहरुले नयाँ फिल्म निर्माण गर्ने कुरा पनि भएन । कति फिल्म त अझ निर्माण हुँदाहुँदै थन्किएका छन् । अवस्था यस्तो छ अहिले नेपाली फिल्म क्षेत्रको ।

एकाध फिल्मलाई छोड्ने हो भने फिल्म बनाएर करोडपति बन्ने सपना देख्ने जति पनि निर्माता छन्, ती सबै ‘मुर्गा’ भएका छन् । फिल्म क्षेत्रमा लगानी गर्नेमा कलाकारहरु पनि छन् । केकी अधिकारी, ऋचा शर्मा, रमेश उप्रेती, दयाहाङ राई लगायत कैयन् कलाकार निर्माताको सूचीमा थपिएका छन् । अहिले जोडतोडका साथ विराज भट्ट, निखिल उप्रेतीहरु पनि लगानीकर्ता नै बनेर आइरहेका छन् फिल्म क्षेत्रमा ।

फिल्ममा लगानी गरेका कति निर्माताको लगानी फिर्ता गर्न भने ठूलै पापड पेल्नुपर्ने अवस्था छ ।

फिल्ममा लगानी गरेर फसेपछि आजित भएका एक निर्माता भन्छन्, ‘निर्देशकले फाइदा हुने लोभ देखाएर फिल्ममा लगानी गर्न लगाए । म त नराम्ररी डुबेँ ।’

ती निर्माता मात्र होइन, यहाँ हरेक निर्माता यसरी नै ऋणको डुबानमा पर्ने गर्छन् फिल्मका कारण । चल्तीका फिल्म निर्माताहरु फिल्ममा फाइदा हुने नदेखिएपछि लगानी गर्न डराइरहेका छन् ।

एक जमानामा बाघ निर्माता भनेर चिनिने छविराज ओझा पनि अहिले बिरालोझैँ लुसुक्क बनेका छन् । पछिल्लो समय उनले ‘मंगलम्’ निर्माण गरेका थिए । अहिले त उनलाई पारिवारिक विवादले उल्टै तनाव दिएको छ । यस्तो बेला फिल्ममा लगानी गर्ने कुरै भएन ।

सफल चलचित्र ‘लूट’ निर्माण गरेर हौसिएका निर्माता माधव वाग्ले फिल्म क्षेत्र बुझेर लगानी गर्ने निर्माता नेपालमा नभएको बताउँछन् । उनका अनुसार नेपालमा अरुको कुरा सुनेर फिल्म क्षेत्रमा लगानी गर्ने निर्माताको लामै लस्कर छ ।

यो लस्कर पनि केही समयपछि हटेर जानेछ । यसैको असर त हो, गत वर्षको तुलनमा यस वर्ष कम फिल्म निर्माण हुनु ।

खासमा उनीहरुले नेपाली बजार कस्तो छ र फिल्म निर्माणको प्रक्रिया के हो भन्ने पनि बुझेका हुँदैनन् । जसको दीर्घकालीन असर उनीहरुलाई नै पर्छ ।

चलचित्र ‘रोमियो एण्ड मुना’ का निर्देशक नरेश कुमार केसी नेपालमा निर्माताभन्दा पनि लगानीकर्ता भएको बताउँछन् । खासमा फिल्म निर्माण पनि अध्ययनको विषय हो । फिल्म अध्ययन गर्न पनि पढ्नुपर्ने हुन्छ । तर, नेपालमा त्यस्तो छैन । कतैबाट कमाएको रकम ल्याएर फिल्ममा खन्याउने गरिन्छ ।

त्यसपछि फिल्म चल्दैन । लगानी डुब्छ ।

पछिल्लो बजारलाई केलाउने हो भने अहिले फिल्म क्षेत्रमा लगानी गर्नेहरु विदेशमा कमाइ गरेका नेपालीहरु हुन् । उनीहरुले विदेशमा पसिना बगाएर कमाएको पैसा नेपाली फिल्ममा लगानी गर्छन् । खासमा उनीहरुले नेपाली बजार कस्तो छ र फिल्म निर्माणको प्रक्रिया के हो भन्ने पनि बुझेका हुँदैनन् । जसको दीर्घकालीन असर उनीहरुलाई नै पर्छ ।

केही महिनाअघि चलचित्र ‘रणवीर’ निर्माण गरेकी अभिनेत्री गोमा विष्ट थापाले निर्देशकमाथि आरोप लगाउँदै आफूलाई फसाएको बताएकी थिइन् । उनको आरोप अनुसार निर्देशकले पहिले फिल्म कम बजेटमा तयार हुन्छ भनेर ‘कन्भिन्स’ गरेका थिए । तर, फिल्मको बजेट महंगोमा पुग्न गयो । छायांकन पनि लम्बियो ।

पछि फिल्म पनि फ्लप भयो । फिल्मले कमाएको भए त टन्टै साफ हुन्थ्यो ।

निर्मात्री विष्टले फिल्म निर्माणमा कति लगानी लाग्छ, फिल्मको बजार कस्तो छ भनेर बुझिनन् । उनले त्यही बुझिन्, जे कुरा उनलाई सुनाइयो ।
कसैले नियोजित रुपमा सुनाउनु र उक्त विषयमा थप अध्ययन गर्नु फरक कुरा हुन् ।

भोलिका दिनमा उनीहरुले लगानी नै गर्न छोडे भने फिल्म क्षेत्रमा अर्को ‘बाघ निर्माता’ बनेर को आउला ?

यस वर्ष सुखद् व्यापार गरेको फिल्म ‘जात्रै जात्रा’ र फाइदामै गएको फिल्म ‘दाल भात तरकारी’ का बाहेक अरु फिल्म निर्माताहरुले फिल्म मेकिङको जुवामा हारेका छन् । ती निर्मातामध्ये कुनै पनि निर्माता नदोहोरिने त पक्का छ । यदि दोहोरिए भने अर्को फिल्मले लगानी उठाउने हो कि भनेर फेरि लगानी गर्छन् । फेरि डुब्ने सम्भावना पनि उत्तिकै थपिन्छ । सम्भवतः दोस्रो फिल्म निर्माणसम्म आइपुग्दा उनीहरुलाई आफू डुब्दैछु भन्ने पहिले नै थाहा हुन्छ ।

तर, लगानी गर्न छोड्दैनन् ।

अहिलेको परिवेशमा नेपाली फिल्ममा लगानी गरिरहेका लगानीकर्ता विदेशमा रहेका नेपालीहरु हुन् । उनीहरुको लगानीले फिल्म निर्माताको सूचीमा एउटा नाम त कोरिएको छ । तर, भोलिका दिनमा सधै घाटा बेहोर्नु परे उनीहरुले फिल्ममा लगानी गर्लान् ? यो एउटा बहसको विषय हो । ती निर्माताहरु सधै डुब्ने नै छन्, जसले फिल्ममा लगानी गर्दैमा फिल्म मेकर होइन्छ भन्ने सोच्छन् । र, उनीहरुले त्यतिबेलासम्म सोच्छन्, जबसम्म उनीहरु डुब्दैनन् ।

ठीकै छ, अहिले त विदेशमा बस्ने नेपालीको लगानीमा सस्ता फिल्म निर्माण होलान् । तर, भोलिका दिनमा उनीहरुले लगानी नै गर्न छोडे भने फिल्म क्षेत्रमा अर्को ‘बाघ निर्माता’ बनेर को आउला ?

प्रकाशित मिति : ९ श्रावण २०७६, बिहीबार  ३ : ५५ बजे

कुवेतमा संखुवासभा समाज गठन

काठमाडौं– कुवेतमा संखुवासभा समाज गठन गरिएको छ । ‘अनेकतामा एकता

आफ्नै सन्तानको हत्या आरोपमा आमा पक्राउ

उर्लाबारी– मोरङको मिक्लाजुङमा नवजात शिशुको हत्या गरेको आरोपमा प्रहरीले एक

जाँगरिली दिलकुमारी : मकै पोलेको कमाइले छोरी युरोप पठाइन्

सिन्धुलीकी दिलकुमारी माझी (४५) ले मकै काठमाडौंमा मकै पोल्न थालेको

नेपाल र भारतका निजी क्षेत्रबीच बैठक, सहकार्यका सम्भावना खोजी

काठमाडौं – भारतीय राजदूतावासले नेपाल लगानी बोर्ड र नेपाल–भारत उद्योग

पूर्वाञ्चल र मध्यपश्चिममा उपकुलपति नियुक्त

काठमाडौं– प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दुई विश्वविद्यालयका