शिक्षा सुधारका लागि विद्यालयको नेतृत्व सक्षम हुनुपर्छ : महासचिव पोखरेल « Khabarhub

शिक्षा सुधारका लागि विद्यालयको नेतृत्व सक्षम हुनुपर्छ : महासचिव पोखरेल


३ कार्तिक २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

दाङ- नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले शिक्षा सुधारका लागि विद्यालयको नेतृत्व सक्षम हुनुपर्ने बताएका छन् ।

दाङको तुलसीपुर–६ स्थित सेन्टर माविको आठकोठे प्रशासनिक भवन उद्घाटन गर्दै उनले विद्यालयको शैक्षिक सुधारका लागि विद्यालय व्यवस्थापन समिति, प्रधानाध्यापक र शिक्षक सक्षम हुनुपर्नेमा जोड दिए । “सरकारी विद्यालयको स्तर सुधार गर्न सम्बन्धित नेतृत्व नै खट्ने हो, हामीले त्यसमा सहयोगी भूमिका नै निर्वाह गर्ने हो”, महासचिव पोखरेलले भने ।

उक्त विद्यालयमा शिशुदेखि कक्षा १२ सम्म पढाइ भइरहेको छ । कक्षा १२ मा व्यवस्थापन सङ्कायमा पढाइ भइरहेको विद्यालयका प्रधानाध्यापक भागवत पौडेलले जानकारी दिए ।

उनका अनुसार यसलगत्तै विज्ञान विषय पनि पढाउने गरी तयारी गरिएको छ । त्यस्तै विद्यालयमा पाँचवटा प्राविधिक धारका कक्षा पनि सञ्चालन भइरहेका छन् । हाल दुई हजार पाँच सय विद्यार्थी सोही विद्यालयमा अध्ययनरत छन् ।

प्रत्येक कक्षामा सातवटा सेक्सन रहेको र तीमध्ये छवटा सेक्सन अङ्ग्रेजी माध्यामबाट पढाइ भइरहेको समेत प्रधानाध्यापक पौडेलले बताए । रु एक करोड ५४ लाखको लागतमा उक्त भवन निर्माण भएको हो । यससँगै विद्यालयमा सातवटा भवन रहेका छन् । जहाँ ८० शिक्षक तथा कर्मचारी कार्यरत छन् ।

प्रकाशित मिति : ३ कार्तिक २०८०, शुक्रबार  २ : ३५ बजे

खगेन्द्र सुनार प्रकरण : प्रहरीले थाल्यो आन्तरिक अनुसन्धान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले

शिक्षक सरुवामा नयाँ नियम: एक वर्ष पुगेपछि नै सरुवा मिल्ने, पारस्परिकको हकमा के ?

२७ असोज, काठमाडौँ । शिक्षा नियमावलीमा गरिएको नयाँ संशोधनमार्फत सामुदायिक

सुदूरपश्चिम प्रदेशको बजेट पारित

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा बजेट शून्यताको अवस्था हटेको छ ।

नीता आचार्यको नयाँ गीत ‘ए फूल ए जुन’ मा शिल्पा पोखरेलको अभिनय

काठमाडौँ – नीता आचार्यको नयाँ गीत ‘ए फूल ए जुन’