एनआरएनएको चुनावी प्रक्रिया स्थगित « Khabarhub

एनआरएनएको चुनावी प्रक्रिया स्थगित


३ कार्तिक २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – गैरआवासीय नेपाली संघ (एनआरएनए)को सम्पूर्ण निर्वाचन प्रक्रिया स्थगित गरिएको छ । चुनावी परिणामलाई लिएर विवाद भएपछि एनआरएनएका वर्तमान अध्यक्षहरु कूल आचार्य, रविना थापा र बद्री केसीले निर्वाचन प्रक्रिया थप अघि नबढाउन सर्कुलर जारी गरेका हुन् ।

निर्वाचन कमिटीले बिहीबार सम्पन्न निर्वाचनपछि मतपरिणाम घोषणा गर्दै डा. बद्री केसी अध्यक्ष निर्वाचित भएको घोषणा गरेको थियो । तर, अध्यक्षमा केसीसँग प्रतिस्पर्धा गरेका महेश श्रेष्ठ र आरके शर्माले निर्वाचनमा धाँधली भएको भन्दै मतपरिणाम अस्वीकार गर्ने बताएका थिए । उनीहरुले शुक्रबार नै सम्पूर्ण निर्वाचन प्रक्रिया रद्द गरी पुनः चुनाव गराउन माग गर्दै प्रमुख निर्वाचन अधिकृत समक्ष निवेदन समेत दिएका थिए ।

उनीहरुले विद्युतीय प्रणालीबाट भएको निर्वाचनमा गम्भीर त्रुटि हुनुका साथै मतदाताको मत जस्ताको तस्तै प्रतिविम्बित नभई वाह्य हस्तक्षेपबाट मतदाताको अभिमत मत फरक पारिएको आरोप लगाएका छन् ।

 

 

प्रकाशित मिति : ३ कार्तिक २०८०, शुक्रबार  ७ : ०२ बजे

मानव जीवनको मर्यादा सम्मान गर्न आह्वान गर्दै पोप लियोको फ्रान्स भ्रमण

भ्याटिकन सिटी- पोप लियो चौधौँ सप्ताहन्त भ्रमणका लागि फ्रान्स जाँदै

वर्षाका कारण ल्याण्डफिल साइट प्रभावित, महानगरले भन्यो ‘घरको फोहोर बाहिर ननिकाल्नु’ 

काठमाडौं– अविरल वर्षाका कारण ल्याण्डफिल साइटतर्फ जाने सडक प्रभावित भएपछि

पश्चिमी नेपालतर्फ सर्दै न्यूनचापीय प्रणाली : आगामी २-३ दिन उच्च सतर्कता अपनाउन विभागको अपिल

काठमाडौं– बंगालको खाडीमा बनेको न्यूनचापीय प्रणालीका कारण विगत दुई दिनदेखि

काठमाडौं तथा भरतपुर जाने खण्डमा पहिरो : यातायात प्रभावित

दमौली– तनहुँबाट मुग्लिङ हुँदै काठमाडौँ तथा भरतपुर जाने सडकखण्डमा पहिरोका

विपद् प्रतिकार्यका लागि उच्च सतर्कता अपनाउन आग्रह

दाङ– लुम्बिनी प्रदेश सरकारले सम्भावित विपद् प्रतिकार्यका लागि उच्च सतर्कता