एसीसी यू–१९ प्रिमियर कप : जापानविरुद्ध नेपाल ब्याटिङमा « Khabarhub

एसीसी यू–१९ प्रिमियर कप : जापानविरुद्ध नेपाल ब्याटिङमा


४ कार्तिक २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– एसीसी यू–१९ प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा अहिले नेपाल र जापानबीच प्रतिस्पर्धा भइरहेको छ । 

मलेसियाको बायोमास ओभलमा जारी खेलमा जापानले टस जितेर फिल्डिङ रोजेपछि नेपालले पहिले ब्याटिङ गरिरहेको छ ।

नेपाल समूह ‘ए’ को विजेता बन्दै सेमिफाइनल पुगेको हो भने जापान समूह ‘डी’ को विजेता बन्दै अन्तिम चारमा पुगेको हो ।

नेपाल सेमिफाइनलमा जित निकाल्दै यू–१९ एसिया कपमा छनोट हुने लक्ष्यमा रहेको छ । जापान पनि नेपाललाई स्तब्ध बनाएर उपाधि नजिक पुग्न चाहन्छ ।अर्को सेमिफाइनलमा आजै यूएई र सिंगापुर भिड्नेछन् ।  

फाइनल खेल मंगलबार हुनेछ । फाइनल पुग्ने दुई र तेस्रो स्थानमा रहने एक गरी तीन टोलीले आगमी डिसेम्बरमा हुने एसिया कप खेल्न पाउनेछन् । तेस्रो स्थानका लागि सेमिफाइनलमा पराजित हुने टोली भिड्नेछन् ।

प्रकाशित मिति : ४ कार्तिक २०८०, शनिबार  ८ : २१ बजे

ग्रोकमाथि ईयूको अनुसन्धान

एजेन्सी– युरोपेली सङ्घ (ईयू) ले सोमबार एलन मस्कको स्वामित्वमा रहेको

वर्षमान पुन भन्छन्- जेन-जी आन्दोलन र विध्वंशको जिम्मेवार कांग्रेस–एमाले गठबन्धन र केपी ओली

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता वर्षमान पुन अनन्तले

भारतीय राजदूतावासले मनायो ७७औँ गणतन्त्र दिवस

काठमाडौं- नेपालस्थित भारतीय समुदाय र भारतका मित्रहरूको सहभागितामा काठमाडौंस्थित भारतीय

सिमलताल दुर्घटना : गणपति डिलक्सको बसभित्र एउटा मानव कङ्काल भेटियो

चितवन- तनहुँको आँबुखैरेनी गाउँपालिका–५ दोन्द्राङबेंसीस्थित त्रिशुलू नदी किनारमा भेटिएको गणपति

मुख्यमन्त्री कार्कीद्वारा सुशासन र असल अभ्यासमा जोड

विराटनगर– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सुशासन र असल अभ्यासमा