गृहमन्त्री श्रेष्ठको स्वास्थ्यमा क्रमिक सुधार « Khabarhub

गृहमन्त्री श्रेष्ठको स्वास्थ्यमा क्रमिक सुधार


४ कार्तिक २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको छ । 

चीन भ्रमणको क्रममा हृदयाघात भएका श्रेष्ठको स्वास्थ्यमा सुधार भएपछि अहिले आईसीयूबाट जनरल वार्डमा सारिएको चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठले जानकारी दिए । 

कहिलेसम्म अस्पताल बस्नुपर्छ भन्ने बारेमा उपचारमा संलग्न डाक्टरहरूले केही बताएका छैनन् ।

चीनको बेइजिङमा भएको तेस्रो बेल्ट एण्ड रोड इनिसियटिभको सम्मेलनमा सहभागी हुन पुगेका श्रेष्ठलाई हृदयघात भएपछि गत बुधबार इन्टरनेशल मेडिकल साइन्सेस अस्पतालमा भर्ना गरिएको थियो ।

नियमित कार्यक्रम अनुसार मन्त्री श्रेष्ठको शुक्रबार नेपाल फर्कने तालिका थियो । जसमा उनीसँगै गएका टोलीका अन्य सदस्य भने फर्किसकेका छन् ।

प्रकाशित मिति : ४ कार्तिक २०८०, शनिबार  ९ : ३५ बजे

न्युजिल्यान्ड पठाइदिने भन्दै रु १० लाख ठगी गर्ने एक जना पक्राउ

काठमाडौं – प्रहरीले वैदेशिक रोजगारीका लागि न्युजिल्यान्ड पठाइदिने भन्दै रु

तनहुँमा एकैदिन नौ फरार प्रतिवादी पक्राउ

तनहुँ – जिल्ला प्रहरी कार्यालय तथा मातहतका प्रहरी इकाइबाट खटिएको

अध्यक्ष ओलीको अभिव्यक्तिलाई गलत व्याख्या गरियो : एमाले

काठमाडौं- नेकपा (एमाले)ले प्रधानमन्त्रीसँगको भेटमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले

भारतीय नागरिकलाई नागरिकता दिएको अभियोगमा वडाध्यक्ष पक्राउ

सर्लाही – नागरिकतासम्बन्धी कसुर मुद्दाको अनुसन्धानका क्रममा मलङ्गवा नगरपालिका–७, मुसैलीका

कविशिरोमणि पौड्यालको १४२औँ जन्मजयन्ती मनाइँदै

गण्डकी – कविशिरोमणि लेखनाथ पौड्यालको १४२औँ जन्मजयन्ती अन्तर्गतका त्रिदिवसीय कार्यक्रम