दसैँमा पोखराबाट बाहिरिने यात्रु घटे « Khabarhub

दसैँमा पोखराबाट बाहिरिने यात्रु घटे


४ कार्तिक २०८०, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


291
Shares
  • change font
  • change font
  • change font

कास्की– विगतका वर्षहरूमा दसैँ मान्नका लागि पोखराबाट बाहिरिनेहरूको सङ्ख्या अधिक हुने गरे पनि यस वर्ष न्यून रहेको छ ।

गण्डकी प्रदेशको राजधानी सहर पोखरामा विभिन्न पेसा तथा व्यवसायमा रहेकाहरू परिवारका साथमा चाडपर्व मान्नका लागि घर जाँदा सार्वजनिक यातायातको समस्या हुने गरेकामा यस वर्ष सो समस्या छैन । गन्तव्यमा पुग्नका लागि यात्रुले पर्याप्त गाडी पाएका छन् ।

पोखरामा प्रधान कार्यालय रहेर देशका सातवटै प्रदेशमा दिवा तथा रात्रिसेवामा यातायात सञ्चालन गर्दै आएको पृथ्वीराजमार्ग बस सञ्चालक कम्पनीले यस वर्ष दसैँमा पोखरा छाड्नेहरू न्यून रहेको जनाएको छ ।

कम्पनीले दसैँका लागि गत असोज २१ गतेदेखि अग्रिम टिकट बुकिङ खुलाएकामा शुक्रबारसम्म ६ हजार जनाले मात्र टिकट लिएका छन् ।

अघिल्ला वर्षहरूमा दसैँका समयमा ३० हजार हाराहारीमा अग्रिम टिकट बुकिङ हुने गरेको पृथ्वीराजमार्ग बस सञ्चालक कम्पनी प्रालिका अध्यक्ष योगेन्द्रबहादुर केसीले बताए । उनका अनुसार विगतमा सार्वजनिक यातायातमा यात्रुको चाप बढी हुँदा थप बस सञ्चालन गर्नुपरे पनि यस वर्ष त्यस्तो छैन ।

अध्यक्ष केसीले भने, ‘यस वर्ष दसैँका लागि पोखराबाट बाहिर जाने यात्रुहरूको सङ्ख्या अत्यन्त कम छ । पहिला ३० हजारसम्म अग्रिम टिकट जान्थ्यो । अहिले नियमित तालिकाअनुसार नै गाडी पर्याप्त छन्, थप गाडीको व्यवस्था गर्नुपरेको छैन । अग्रिम बुकिङ पनि कम भयो ।’

अध्यक्ष केसीका अनुसार कम्पनी मातहतमा एक हजार दुई सय ९० यात्रुबाहक बस सञ्चालनमा छन् । कम्पनीले दिवा तथा रात्रि सेवामा सुविधासम्पन्न ‘डिलक्स बस’बाट देशका सातै प्रदेशका विभिन्न सहरमा सेवा दिँदै आएको छ ।

अर्थतन्त्रमा देखिएको मन्दीका कारण पनि दसैँमा पोखरा बाहिर जानेको सङ्ख्यामा कमी आएको बताइन्छ । हरेक क्षेत्रमा भएको मूल्यवृद्धि र व्यापार व्यवसायमा आएको गिरावटका कारण पनि आफू रहेकै ठाउँमा पर्व मनाउनेहरूको वृद्धि भएको छ ।

धादिङको नीलकण्ठ नगरपालिका स्थायी घर भई हाल पोखरा–१४ मा बसेर निर्माण व्यवसायमा आबद्ध ज्ञानेन्द्रबहादुर थापा विगतमा दसैँ मान्न परिवारसहित गाउँघर जाने गरे पनि यस वर्ष पोखरामै बसेर मनाउने योजनामा रहेको बताए । सार्वजनिक यातायात तथा बढ्दो महँगीका कारण घर जान नसकेको उनको भनाइ छ ।

पोखरामा यस वर्ष दसैँमा पनि बजारमा चहलपहल न्यून छ । विगतमा घटस्थापनादेखि बजारमा किनमेल गर्नेको भीड हुने गरे पनि यस वर्ष शुक्रबारदेखि मात्र बजारमा चहलपहल देखिएको व्यवसायी बताउँछन् ।

प्रकाशित मिति : ४ कार्तिक २०८०, शनिबार  १२ : ०७ बजे

ट्राफिक प्रहरीद्वारा चैत मसान्तसम्म २६ करोड बढी राजस्व सङ्कलन

काठमाडौं- काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले चालु आर्थिक वर्षको चैत

चितवनका विद्यालयलाई ‘स्कुलबस सञ्चालन निर्देशिका’ कार्यान्वयन गर्न अनुरोध

चितवन- भरतपुर महानगरपालिकाभित्र सञ्चालित स्कुल बसलाई निर्देशिका कार्यान्वयन गर्न निर्देशन

अमेरिका पक्षधर देशले हर्मुजमा कठिनाइको सामना गर्नुपर्ने इरानको चेतावनी

तेहरान- इस्लामिक गणतन्त्र इरानविरुद्ध संयुक्त राज्य अमेरिकाले लगाएका प्रतिबन्धहरूको पालना

हराएका ६५ वटा मोटरसाइकल र स्कुटर सम्बन्धित धनीलाई हस्तान्तरण

काठमाडौं- काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट चोरी भएका ६५ थान मोटरसाइकल

अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक सम्मेलनमा सम्मान र सुरक्षाबारे विमर्श

काठमाडौं- मनमोहन स्मृति प्रतिष्ठानले यहाँ आयोजना गरेको अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक