गल्फ काउन्सिल र आसियानबीच गाजा घटना बारे छलफल « Khabarhub

गल्फ काउन्सिल र आसियानबीच गाजा घटना बारे छलफल


४ कार्तिक २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

रियाद– खाडी सहयोग परिषद् र दक्षिणपूर्वी एसियाली राष्ट्रहरूको संगठन (आसियान) का नेताहरूले शुक्रबार गाजामा भएको पछिल्लो घटनाक्रमको समीक्षा गरेका छन् । साउदीको राजधानी रियादमा आयोजित पहिलो  सो संयुक्त शिखर सम्मेलनका क्रममा सहभागीहरूले मध्य पूर्वमा विकसित पछिल्लो घटनाक्रम बारे विचार आदानप्रदान गर्दै गम्भीर चिन्ता व्यक्त गरेको साउदी प्रेस एजेन्सीले उल्लेख गरेको छ।

सहभागी नेताहरूले नागरिकहरू विरुद्ध भएका सबै प्रकारका आक्रमणहरूको निन्दा गर्दै गाजामा मानवीय सहायता, राहत सामग्री र अन्य आवश्यकतामा नागरिकहरूको प्रभावकारी पहुँच सुनिश्चित गर्न र गाजामा विद्युत, पानी र सबै किसिमका अत्यावश्यक सेवाहरू पुनः सञ्चालनमा ल्याउन पहल गर्न सबै सम्बन्धित पक्षहरूलाई अपिल गर्दै दिगो युद्धविरामको आह्वान गरेका छन् ।

शिखर सम्मेलनले द्वन्द्वरत पक्षहरूलाई नागरिकहरूको सुरक्षा गर्न र उनीहरूलाई लक्षित नगर्न र अन्तर्राष्ट्रिय मानवीय कानूनको पालना गर्न आह्वान गरेको छ। सम्मेलन बन्दीहरूको तत्काल र निःशर्त रिहा गर्न पनि आग्रह गरेको छ । शिखर सम्मेलनले अन्तर्राष्ट्रिय कानून र सान्दर्भिक संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्को प्रस्ताव अनुसार  समस्याको समाधानका लागि प्रयासमा जोड दिएको छ।

साउदी राजा सलमान बिन अब्दुलअजीज अल साउदको निमन्त्रणामा भएको शिखर सम्मेलनले दुई संगठन बीचको सहयोगको समीक्षा र क्षेत्रीय र अन्तर्राष्ट्रिय मुद्दाहरू बारे विचार आदानप्रदान पनि गरेको थियो।

प्रकाशित मिति : ४ कार्तिक २०८०, शनिबार  २ : ३० बजे

हर्क साम्पाङ श्रमदानका लागि दार्चुला हिँडे– ‘विदेशी ऋण लिइँदैन, देश आफैँ बनाइन्छ’

काठमाडौँ – श्रम संस्कृति पार्टीका अध्यक्ष एवम् प्रतिनिधिसभा सदस्य हर्कराज

लुम्बिनी, बागमती र कोशी प्रदेशका केही स्थानमा वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आईपीएलमा टिम डेभिडको जादू : १५ औँ ओभरमा ब्याटिङ गर्न गएर २५ बलमा ७० रन ?

काठमाडौँ – आईपीएलमा चेन्नईविरुद्ध बेङ्गलोरुका ब्याट्सम्यानले आइतबार राति जादु देखाए

थोरै पानीले धेरै सिँचाइ गर्ने ‘काचाल्का’ प्रविधि

चितवन– कृषिलाई व्यावसायिक बनाइ कम लागतमा बढी उत्पादन सुनिश्चित गर्नु

आईपीएलमा बेङ्गलोरुले दियो २५१ रनको विशाल लक्ष्यः चेन्नाई ४३ रनले पराजित

काठमाडौँ – इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ को ११ औँ