दसैँ बिदामा पनि आयल निगमका डिपोहरू खुला रहने « Khabarhub

दसैँ बिदामा पनि आयल निगमका डिपोहरू खुला रहने


४ कार्तिक २०८०, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


471
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – दसैँको सार्वजनिक बिदाका दिनहरूमा पनि आयल निगमका बिक्री केन्द्र (डिपो)हरू खुला रहने भएका छन् ।

नेपाल आयाल निगमका अनुसार कात्तिक ४ गते अर्थात् फूलपातीका दिनदेखि कात्तिक ९ गतेसम्म (कोजाग्रत पूर्णिमा)का दिन सम्मै बिक्री केन्द्रहरू खुला रहने भएका हुन् । तथापि, व्यवस्थापन अनुकूल केन्द्रदेखि प्रादेशिक कार्यालयहरूलाई दिन अनुसार खुला राख्ने तालिका तयार गरिएको निगमले जनाएको छ ।

जसअनुसार कोशी प्रदेश अन्तर्गतको विराटनगर कार्यालय र मधेस प्रदेश स्थित अमलेखगञ्ज कार्यालय कात्तिक ४ गते अर्थात् फूलपातीका दिन र कात्तिक ९ गते पूर्णिमाका दिन खुल्ने छ । अरू दिन भने यी दुई डिपो कार्यालयहरू बन्द रहनेछन् । यस्तै, बागमती प्रादेशिक कार्यालय थानको कात्तिक ४, ६ र ९ गते खुला रहनेछ र बाँकी दिन बन्द रहनेछ ।

गण्डकी प्रादेशिक कार्यालय, पोखरा, कात्तिक ५ र ९ गते खुल्नेछ । लुम्बिनी प्रादेशिक कार्यालय, भैरहवा कात्तिक ४, ६ र ९ गते खुल्नेछ भने अरू दिन बन्द हुनेछ । यसै गरी कर्णाली प्रादेशिक कार्यालय, सुर्खेत कात्तिक ४ गते एक दिन मात्र खुल्नेछ भने बाँकी सार्वजनिक बिदाका दिन बन्द रहने निगमले जनाएको छ ।

सुदूरपश्चिम प्रादेशिक कार्यालय, धनगढी कात्तिक ५ र ८ गते खुल्ने छ भने शाखा कार्यालय चारआली कात्तिक ४ र ८ गते खुल्नेछ । यसै गरी निगमको इन्धन डिपो, धनुषा कात्तिक ४ र ८ गते, नेपालगञ्ज कात्तिक ५ गते र वीरगन्ज कात्तिक ४ देखि ९ गतेसम्म नै खुला रहने निगमले जनाएको छ ।

दसैँ जस्ता चाडपर्वमा सर्वसाधारण उपभोक्ताहरूलाई सहज होस् भन्ने उद्देश्यले पेट्रोलियम पदार्थको आपूर्ति प्रणालीलाई नियमित राख्न यस्तो व्यवस्था गरिएको निगमले जनाएको छ ।

स्रोत : एएनआई

प्रकाशित मिति : ४ कार्तिक २०८०, शनिबार  ८ : ०८ बजे

राष्ट्रियसभामा मुस्लिम आयोगको प्रतिवेदन प्रस्तुत गर्दै प्रधानमन्त्री

काठमाडौं–  प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रियसभाको आजको बैठकमा ‘मुस्लिम आयोगको आर्थिक

काठमाडौं महानगरका ७५ हजारलाई निःशुल्क कानुनी सेवा, ३५ न्यायिक सहजकर्ता परिचालन

काठमाडौं– काठमाडौँ महानगरपालिकाले आजदेखि पाँचौँ संस्करणका न्यायिक सहजकर्तालाई परिचालन गरेको

३०औँ जनयुद्ध दिवस रुकुमपूर्वमा मनाउँदै नेकपा

रुकुमपूर्व– नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले रुकुमपूर्वमा ३०औँ जनयुद्ध दिवस मनाउँदै

विश्वकपमा आज तीन खेल : पहिलो खेलमा अस्ट्रेलिया र जिम्बाबेको प्रतिस्पर्धा

काठमाडौं – आईसीसी टी–२० विश्वकप अन्तर्गत शुक्रबार तीन खेल हुँदैछन्

सञ्चार मन्त्रालयको दोस्रो त्रैमासिक समीक्षा : पुँजीगत खर्च बढाइनुपर्नेमा जोड

काठमाडौं– सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव लक्ष्मीकुमारी बस्नेतले पुँजीगत