एसीसी यू–१९ प्रिमियर कप फाइनल : यूएईविरुद्ध नेपाल ब्याटिङमा « Khabarhub

एसीसी यू–१९ प्रिमियर कप फाइनल : यूएईविरुद्ध नेपाल ब्याटिङमा


७ कार्तिक २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


711
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– एसीसी यू–१९ प्रिमियर कप क्रिकेटको फाइनलमा नेपाल र युएई खेलिरहेका छन् । 

मलेसियाको बायोमास ओभलमा टस जितेर नेपालले पहिला ब्याटिङ गरेपछि यूएईले फिल्डिङ गरिरहेको छ । 

नेपालले सेमिफाइनलमा जापानलाई डकवर्थ लुइस पद्धतिको आधारमा १ सय ४३ रन तथा युएईले दोस्रो सेमिफाइनल खेलमा सिङ्गापुरलाई डवकर्थ लुइस पद्धतिको आधारमा १० विकेटले हराउँदै फाइनलमा स्थान बनाएका हुन् ।

नेपालले गत फागुनमा आईसीसी यू–१९ विश्वकप एसिया क्षेत्र छनोटमा यूएईलाई ७ रनले हराउँदै २०२४ को विश्वकपमा स्थान बनाएको थियो । नेपाल पुन यूएईलाई हराउँदै उपाधि जित्न चाहन्छ । 

नेपालले समूह चरणमा इरान, बहराइन र साउदी अरेबियालाई ३ सय २ रनले हराएको थियो भने यूएईले चीन, ओमान र कतारलाई हराएको थियो ।

प्रकाशित मिति : ७ कार्तिक २०८०, मंगलबार  ८ : ३४ बजे

काठमाडौँ म्याराथन सुरक्षित र व्यवस्थित बनाइने

काठमाडौं– काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले यही असोज २४ गते

तटबन्धले सुरक्षित दोधारा चाँदनीको कुतियाकवर

कञ्चनपुर– महाकाली  र जोगबुढा नदीमा पक्की तटबन्ध निर्माण भएपछि कञ्चनपुरको

आज पनि मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना, सतर्क रहन आग्रह

काठमाडौं– देशका विभिन्न स्थानमा आज पनि मेघगर्जन, चट्याङ र असिनासहित वर्षा

मन्त्री मेहताद्वारा निर्माणाधीन लमही ट्रमा सेन्टरको निरीक्षण

तुलसीपुर – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले दाङको लमहीमा निर्माणाधीन

आजदेखि दशैंको अग्रिम टिकट बुकिङ खुला

काठमाडौं- दशैं मनाउन घर जाने यात्रुलाई लक्षित गर्दै सरकारले आजदेखि