इरानसँग चीन र रुसको संलग्नता न्यून रहेको ट्रम्पको दाबी « Khabarhub

इरानसँग चीन र रुसको संलग्नता न्यून रहेको ट्रम्पको दाबी


११ मंसिर २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको द्वन्द्वमा चीन र रुसको संलग्नता न्यून रहेको दाबी गरेका छन् ।

इरानलाई यी दुई देशले कृत्रिम बुद्धिमत्ता (एआई) लगायतका सूचना उपलब्ध गराइरहेको खबर सार्वजनिक भइरहेका बेला ट्रम्पको यस्तो भनाइ आएको हो ।  

फ्लोरिडास्थित आफ्नो मार–ए–लागो रिसोर्टमा बिहीबार पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले चीन र रुस इरानसँग धेरै कम संलग्न रहेको बताएका हुन् ।

हालै चिनियाँ राष्ट्रपति सी जिनपिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भएको भेटमा इरान द्वन्द्वबारे छलफल भएको उल्लेख गर्दै ट्रम्पले भने, ‘राष्ट्रपति सीसँगको मेरो बैठक अद्भूत थियो । मलाई लाग्छ, उनीहरू इरानसँग धेरै कम संलग्न छन् ।’

चीन र रुस संलग्न हुन सक्ने सम्भावना भने उनले अस्वीकार गरेनन् । तर, अमेरिकामाथि आक्रमण गर्न सहयोग गर्नु र सामान्य सूचना आदानप्रदान गर्नु फरक विषय भएको उनको भनाइ थियो ।

रुसले इरानसँग एआईसम्बन्धी सूचना आदानप्रदान गरिरहेको भन्ने प्रश्नमा ट्रम्पले त्यसलाई धेरै महत्त्व नदिएको प्रतिक्रिया दिए । ‘उनीहरूले धेरै सूचना दिन्छन् भन्ने मलाई लाग्दैन,’ उनले भने ।

ट्रम्पका अनुसार चीन र रुस दुवै इरानसँगको द्वन्द्व अन्त्य होस् भन्ने चाहन्छन् र त्यसका लागि आफूलाई सहयोग गरिरहेका छन् ।

मध्यपूर्वमा जारी द्वन्द्वका क्रममा चीन, रुस र उत्तर कोरियाले इरानलाई प्रत्यक्ष वा परोक्ष सहयोग गरिरहेको आरोप लाग्दै आएको छ । विशेषगरी इरानलाई अमेरिकी सैन्य अखडाहरू लक्षित गर्न आवश्यक सूचना तथा प्रविधि उपलब्ध गराइएको हुन सक्ने रिपोर्ट सार्वजनिक भएका छन् ।

प्रकाशित मिति : ११ मंसिर २०८३, शुक्रबार  १२ : १९ बजे

वैकल्पिक आवासबिना सुकुम्बासीलाई फेरि विस्थापित नगरियोस् स् कुलमान घिसिङ

काठमाडौँ– उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले वैकल्पिक आवासको सुनिश्चितताबिना सुकुम्बासी

‘नबिल एसएसई’ को पाँच वर्ष पूरा : १५८० जना प्रशिक्षित, ३१८ उद्यम स्थापना, १९ हजार बढी रोजगारी सिर्जना

काठमाडौँ–  नबिल बैंक लिमिटेडको प्रमुख संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम ‘नबिल स्कुल

बाँकेमा अझै सुरु भएन धान खरिद प्रक्रिया

राँझा– खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले बाँकेमा धान खरिद

इरानसँग चीन र रुसको संलग्नता न्यून रहेको ट्रम्पको दाबी

काठमाडौँ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको द्वन्द्वमा चीन र रुसको

प्रधानमन्त्री शाहको अध्यक्षतामा राष्ट्रिय सुरक्षा परिषद्को बैठक जारी

काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा सिंहदरबारस्थित राष्ट्रिय सुरक्षा परिषद्को सचिवालयमा