गाजामा संयुक्त राष्ट्र शरणार्थी एजेन्सीका छ कामदारको मृत्यु « Khabarhub

गाजामा संयुक्त राष्ट्र शरणार्थी एजेन्सीका छ कामदारको मृत्यु


७ कार्तिक २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


405
Shares
  • change font
  • change font
  • change font

गाजापट्टी– गाजामा पछिल्लो २४ घन्टामा संयुक्त राष्ट्रसङ्घको प्यालेस्टिनी शरणार्थी एजेन्सीका छ कामदार मारिएको राष्ट्रसङ्घले बताएको छ । यो सँगै अक्टोबर ७ देखि अहिलेसम्म मारिएका उक्त एजेन्सीका कामदारको कूल सङ्ख्या ३५ पुगेको छ । 

हमासका बन्दुकधारीहरूले इजरायलको ७५ वर्षको इतिहासमा सबैभन्दा भीषण हमला गरेपछि गाजापट्टीमा इजरायली बमबारी दुई साताभन्दा बढीको समयमा मानवीय र सहायताकर्मीहरूलाई पनि छोडिएको छैन । 

‘शत्रुता सुरु भएदेखि काम गरेकै अवस्थामा १६ स्वास्थ्यकर्मी मारिएका छन्, युएनआरडब्लुएका गरी कूल ३५ कर्मचारीको मृत्यु भएको छ’ संयुक्त राष्ट्रसङ्घको मानवअधिकार एजेन्सी ओसीएचएले सोमबार साँझसम्मको स्थितिबारे मङ्गलबार पठाएको अपडेटमा भनिएकोछ, ‘तीमध्ये छ जना पछिल्लो २४ घन्टमा मारिएका छन् ।’

युएनआरडब्लुएले गाजा, पश्चिम किनार र पूर्वी जेरुसेलमका साथै जोर्डन, लेबनान र सिरियामा ५६ लाख प्यालेस्टिनी शरणार्थीहरूलाई सहयोग गर्दछ ।

हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले दिएको सङ्ख्याअनुसार गाजापट्टीमा इजरायलले गरेको बमबारीमा पाँच हजारभन्दा बढी मानिस मारिएका छन् । 

प्रकाशित मिति : ७ कार्तिक २०८०, मंगलबार  ४ : २८ बजे

विराटनगरका लोकेशको अर्धशतक पूरा

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलको बिहीबारको दोस्रो खेलमा विराटनगर किंग्स

चाडपर्वले चलायमान बन्दै अर्थतन्त्र, बजारमा बढ्यो किनमेल

धनुषा– दसैँ सकिएलगत्तै दीपावली, तिहार र छठ पर्व नजिकिएपछि मधेस

ट्रेन्ड र कन्टेन्टको अभाव पहिचान गर्न टिकटकको क्रिएटर इन्साइट्स विशेष फिचर

काठमाडौं– हामीमध्ये धेरैले कुनै न कुनै समयमा कन्टेन्ट क्रियट गर्ने

ग्रामीण पर्यटनको मुख्य आधार बन्दै घरबास

गुल्मी– स्थानीय परिकारको मौलिक स्वादसँगै गाउँको रहनसहन र परम्परागत कला–संस्कृतिको

अनुदानको रकम हिनामिनामा अख्तियारद्वारा मुद्दा दायर

काठमाडौँ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जाजरकोटको कुशे गाउँपालिका-२ स्थित