चिनियाँ विदेशमन्त्री यी यसै साता अमेरिका जान सक्ने « Khabarhub

चिनियाँ विदेशमन्त्री यी यसै साता अमेरिका जान सक्ने


७ कार्तिक २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

वासिङ्टन डिसी– चीनका विदेशमन्त्री वाङ यीले यसै साताको अन्त्यमा वासिङ्टन डिसीको भ्रमण गर्नुहुने अपेक्षा गरिएको वरिष्ठ अमेरिकी अधिकारीहरूलाई उद्धृत गर्दै सीएनएनले बताएको छ । 

उनको भ्रमण आगमी महिना क्यालिफोर्नियामा अमेरिकी राष्ट्रपति जो बाइडेन र उनका चिनियाँ समकक्षी सि जिनपिङबीच सम्भावित बैठकभन्दा अघि हुन गइरहेको छ । 

अधिकारीहरूका अनुसार विदेशमन्त्री वाङले अक्टोबर २६ देखि २८ सम्म अमेरिकी राजधानी वासिङ्टन डिसीको आफ्नो भ्रमणका क्रममा अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केन र राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानसँग भेटवार्ता गर्नेछन् । 

यद्यपि वाङले आफ्नो अमेरिका भ्रमणका क्रममा राष्ट्रपति बाइडेनलाई भेट्नुहुन्छ वा हुन्न भन्नेबारे अधिकारीहरूले केही उल्लेख नगरेको सीएनएनले बताएको छ । यसअघि अमेरिकी विदेशमन्त्री ब्लिङ्केनले बेइजिङमा चिनियाँ राष्ट्रपति सिसँग भेटवार्ता गरेका थिए ।

विदेशमन्त्री वाङको अमेरिका भ्रमणलाई ‘जुनमा अमेरिकी विदेशमन्त्री ब्लिङ्केनको बेइजिङ भ्रमणपछिको एउटा पारस्परिक भ्रमण’ भएको एक चिनियाँ अधिकारीले बताएका छन् ।

सीएनएनका अनुसार अमेरिका र चीनबीच तनाव बढिरहेको छ तर बाइडेन प्रशासनले बेइजिङसँग वार्ताका लागि दबाब दिने प्रयास गरिरहेको छ । 

वाङको भ्रमण यस्तो समयमा हुन गइरहेको छ जतिबेला अमेरिकाले आतङ्कवादी समूह हमाससँग जारी युद्धमा इजराइललाई आफ्नो समर्थन रहेको प्रतिबद्धता व्यक्त गरेको छ । 

‘वाङको यो भ्रमण विभिन्न मुद्दामा चीनसँग सञ्चारको खुला च्यानलहरू कायम राख्ने जारी प्रयासको एउटा हिस्सा हो’, चिनियाँ अधिकारीलाई उद्धृत गर्दै सीएनएनले भनेको छ । 

यसका साथै ‘दक्षिण र पूर्वी चीन सागर, क्रस-स्ट्रेट मुद्दा, मध्यपूर्व, युक्रेनमा रुसको युद्ध र उत्तेजक उत्तर कोरिया’ लगायतका मुद्दामा अमेरिकी अधिकारीहरूले चिनियाँ विदेशमन्त्री वाङसँग छलफल गर्ने अपेक्षा गरिएको छ । 

प्रकाशित मिति : ७ कार्तिक २०८०, मंगलबार  ५ : ०२ बजे

त्रियुगा नगरपालिकाको नयाँ भवन निर्माण

उदयपुर– त्रियुगा नगरपालिकाको सुविधासम्पन्न चारतले भवन निर्माण भएको छ ।

नवलपुरमा थपिए ९ हजार मतदाता

नवलपरासी– बर्दघाट सुस्तापूर्व नवलपुरमा नौ हजार २३७ मतदाता थपिएका छन्

भोजपुर नागीका ८० वर्षमाथिका ३० ज्येष्ठ नागरिक सम्मानित

भोजपुर– समाज निर्माणमा जीवनभर पुर्‍याएको योगदानको कदर गर्दै टेम्केमैयुङ गाउँपालिका–४

हुलाकी राजमार्ग : इनरुवा सडकको ठेक्का तोडियो

काठमाडौं – हुलाकी राजमार्गअन्तर्गत सुनसरीको इनरुवा-कप्ताङगञ्ज सडकको ठेक्का तोडिएको छ।

सत्य बोलेर देशलाई गुन लाउने कि ?

हामी बुद्धिजीवीले समय, स्थान र घटनाकम अनुसार आफ्नो तटस्थ अभिव्यक्ति