त्रिदेशीय टी–ट्वान्टी सिरिज : हङकङसँग हारेर पनि यूएई फाइनलमा, नेपालसँग खेल्ने « Khabarhub

त्रिदेशीय टी–ट्वान्टी सिरिज : हङकङसँग हारेर पनि यूएई फाइनलमा, नेपालसँग खेल्ने


८ कार्तिक २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– त्रिदेशीय टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको समूह चरणको अन्तिम खेलमा यूएई हङकङसँग ६९ रनले पराजित भएको छ । तर पराजित भएर पनि यूएईले फाइनलमा स्थान बनाएको छ ।

दुवै टोलीले समूह चरणमा चार खेलबाट दुई–दुई अंक जोडे पनि रनरेटका आधारमा यूएई फाइलनमा पुगेको हो । काठमाडौँको मूलपानी क्रिकेट मैदानमा हङकङले दिएको २ सय १३ रनको लक्ष्य पछ्याएको यूएई निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ४३ रनमा समेटियो । 

यूएईका खलिद साहले सर्वाधिक ३५ रन बनाए । यस्तै, निलन्स केसवानीले ३१ तथा बसिल अहमद र एलिसन सराफुले ३०–३० रन जोडे । हङकङका इसान खान, आयुस सुक्ला, नसरुलाह राना र यासिम मुर्तजाले एक–एक विकेट लिए ।

यसअघि टस जितेर पहिलो ब्याटिङ गरेको हङकङले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा २ सय १२ रन बनाएको थियो । हङकङका मार्टिन कोएट्जीले सर्वाधिक ८६ रनको अर्धशतकीय इनिङ खेले ।

यस्तै बाबर हायतले ६० रनको अर्धशतक पार गर्दा अन्शुमन रथले ४१ रन जोडे । यूएईका निलान्स केसवानी, सञ्चित शर्मा र अकिफ राजाले एक–एक विकेट लिए ।

अब यूएईले फाइनलमा नेपालसँग खेल्नेछ । फाइनल खेल शुक्रबार बिहान ११ बजे कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछ ।

प्रकाशित मिति : ८ कार्तिक २०८०, बुधबार  ८ : १७ बजे

हलमा रित्तिए नेपाली फिल्म : फ्लपको असर त होइन ?

काठमाडौँ- हलमा नेपाली फिल्म नील भएको छ । अघिल्ला निकट

कुइचोउको छलाङ : कुनै बेला चरम गरिबीसँग जुधेको प्रान्त अहिले डिजिटल अर्थतन्त्रको हस्ती

कुइयाङ (चीन)- चीनको कुइचोउ प्रान्त कुनै बेला चरम गरिबीसँग जुधिरहेको

विश्वकपमा मेसीको अर्को ऐतिहासिक कीर्तिमान, लगातार ८ खेलमा गोल गर्ने पहिलो खेलाडी

काठमाडौँ– अर्जेन्टिनाका कप्तान लियोनेल मेसीले फिफा विश्वकप इतिहासमा अर्को ऐतिहासिक

विश्वकप फुटबल : अतिरिक्त समयमा केप भर्डेलाई हराउँदै अर्जेन्टिना अन्तिम १६ मा प्रवेश

काठमाडौँ– फिफा विश्वकप फुटबलमा साविक विजेता अर्जेन्टिना अन्तिम १६ मा

अर्जेन्टिना र केप भर्डेको खेल अतिरिक्त समयमा धकेलियो

काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ अन्तर्गत साविक विजेता अर्जेन्टिना र