स्कुटर दुर्घटना हुँदा एक महिलाको मृत्यु « Khabarhub

स्कुटर दुर्घटना हुँदा एक महिलाको मृत्यु


९ कार्तिक २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


306
Shares
  • change font
  • change font
  • change font

मकवानपुर– मकवानपुरमा स्कुटर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको । घटनामा एकजना घाइते भएका छन् । 

काठमाडौँ–कुलेखानी–हेटौँडा सडकखण्डअन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्बर ६ जुरिखेतमा काठमाडौँबाट हेटौँडा आउँदै गरेको ०२–०२७–प ४८४२ नम्बर को स्कुटर दुर्घटनामा परेको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीका अनुसार स्कुटर चालक काठमाडौँ महानगरपालिका–२७ बस्ने ६५ वर्षका शशीराज पाण्डेकी श्रीमती ६२ वर्षीय राज्यश्री थापा क्षेत्रीको हेटौँडा अस्पतालमा उपचारको क्रममा हिजो साँझ मृत्यु भएको हो । स्कुटर चालक पाण्डेको हेटौँडा अस्पतालमा उपचार जारी रहेको प्रहरीले जनाएको छ ।

काठमाडौँबाट हेटौँडा आउने क्रममा जुरिखेतको ओरालोमा स्कुटर अनियन्त्रित भई सडकबाट करिब एक सय मिटर तल खसेको थियो ।

प्रकाशित मिति : ९ कार्तिक २०८०, बिहीबार  ७ : ०७ बजे

अदालतकै अगाडि आत्मदाह प्रयास, मिटरब्याज पीडित महिलालाई प्रहरीले बचायो

जनकपुरधाम- मधेश प्रदेशको राजधानी सहर जनकपुरधामस्थित धनुषा जिल्ला अदालतअगाडि बुधबार

सरकारी कार्यालयका निवेदनमा अब एकरूपता, डिजिटल सेवामा जोड

काठमाडौं– सरकारले सरकारी कार्यालयबाट प्रदान हुने सार्वजनिक सेवाका लागि प्रयोग

लुम्बिनीमा सरकार बनाउन ओली-प्रचण्ड दुई बुँदे सहमति, मोहनविक्रम पनि मिसिए

काठमाडौं- लुम्बिनी प्रदेशमा सरकार बनाउन नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टीसँगै

चान–होम चक्रवात पूर्वी जापानमा अवतरण

एजेन्सी– पश्चिमतर्फ सर्दै गरेको चान–होम चक्रवात पूर्वी जापानी प्रान्त इबाराकीमा

सकारबारे सुरेश आलेको कटाक्ष : ‘एक्स्प्रेस गाडी’का चालकले गाँजा-भाङ खाएको भए दुर्घटनामा पर्न सक्छ

काठमाडौं- राष्ट्रिय सभाका सदस्य सुरेश आले मगरले वालेन्द्र शाह नेतृत्वको